संसदमै अर्धनग्न बने सांसद अमरेशकुमार सिंह
स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।
Advertisement 1
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।
सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए । सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए । सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र भेष्ट लगाएका थिए । त्यसपछि संसद बैठकको नियमित कार्य सुरु भएको छ ।
Advertisement 2
सांसद सिंह अहिले संसद् बैठकबाट बाहिरिसकेका छन् ।
प्रकाशित :२०८० बैशाख २५, सोमबार ११:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%