महानिर्देशक दाहालको कृति ‘कोरोनाकालमा भन्सार प्रशासन’ सार्वजनिक


भन्सार विभागका महानिर्देशक सुमन दाहालद्वारा लिखित कोरोनाकालमा भन्सार प्रशासन पुस्तक सार्वजनिक भएको छ। हिजो भन्सार विभागमै आयोजित एक समारोहकाबीच महानिर्देशक दाहालको पुस्तक सार्वजनिक गरिएको हो । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले सो पुस्तक लोर्कापण गरेका हुन । २०७६ भदौ १६ गतेदेखि भन्सार विभागको महानिर्देशक रहेका दाहालले कोभिड १९ को संक्रमण न्यूनीकरण र रोकथामका लागि गरिएको लकडाउनका क्रममा भन्सार प्रशासनले वस्तुत तथा सेवाको नियमित आपूर्तिका लागि गरेको योगदानको स्मरण गर्दै पुस्तक तयार गरेका हुन्। पुस्तकमा २१ वटा रचना संग्रहित गरेका छन्।

प्रकाशित :२०७७ फाल्गुन ४, मंगलवार ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम