लघुवित्त भ्रम र यथार्थ

पृष्ठभूमि
नेपालको बैंक तथा वित्तिय संस्था हरुको नियमक निकाय नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरि थोक तथा खुद्रा कर्जाको कारोवार गर्ने विपन्न तथा न्यून आय भएका व्यक्ति विशेष गरि महिलाहरुलाई संस्थाको सदस्य बनाई उनिहरु बाट नियमित रुपमा बचत संकलन गरि सामुहिक जमानीमा कृृृृृृृृृषि कार्य तथा लघु उद्यम सञ्चालन गर्न विना धितो वा स्वीकार योग्य धितो लिई कर्जा प्रवाह गर्ने संस्था लाई लघुवित्त संस्था भन्ने गरिन्छ । हाल नेपालमा करिव ६३ ओटा लघुवित्त झन्डै १२००० वटा भन्दा बढि शाखा कार्यलयहरु मार्फत तिस लाख भन्दा वढि समूह सदस्यहरुले Banking सेवा सुविधाहरुको लाभ लिईरहेका छन ।

Advertisement 1

लघुवित्तले वाणिज्य बैंकहरुबाट विभिन्न शिर्षकमा रकम सापती वा अति अल्पकालिन (Call Money) कर्जा लिई आफ्ना सदस्यहरुलाई कर्जा लगानी गर्दछ । नेपालमा लघुवित्त संस्थाहरुले गरिबी रोकथाम र न्यूनिकरणमा अतुलनिय योगदान रहेको छ । साथै सदस्यहरुको आय स्तरमा वृद्धि सरोजगारिता, उद्यमशिलता, बचत सृजना एवं परिचालन, विप्रेशण कारोवार, बिमा सुविधाहरुमा लघुवित्तको अहम भूमिका रहेको तथ्य प्रष्ट छ ।

लघुवित्त क्षेत्र र योगदानः
नेपालमा लघुवित्त संस्थाहरुले ओगट्ने क्षेत्रको कथन वारे विश्लेषण गर्दा मोटामोटी रुपमा लघुवित्त संस्थाहरुले तल बुँदागत रुपमा उल्लेखित गरएका क्षेत्रहरुमा अहम भूमिका निर्वाह गरहेका छन ।
• बैंकिङ्ग तथा विमा क्षेत्र
• पूँजी बजारको स्थायित्व कायम गर्ने
• बचत लगानी र तरलता
• वित्तिय योजना कार्यान्वयन
• कर्जा जोखिम स्थायित्व
• वित्तिय साक्षरता र दक्ष जनशक्तिको विकास
• सिमान्तकृत वर्गको उत्थान एवं विकास

Advertisement 2

नेपालको अर्थतन्त्रको विकासमा लघुवित्त संस्थाको योगदानः
• गरिबी अल्पिकरण
• महिला शशक्तिकरण र जागरुकताको विकास
• ग्रामिण तथा दुरदराजको वस्तीहरुमा बैंकिङ्ग सेवा को पहुँच अभिवृद्धि
• सामाजिक आर्थिक विकासको विजारोपण
• अर्थतन्त्रको आर्थिक स्थायित्व कायम गर्न वृहत आर्थिक तथा सामाजिक क्षेत्रमा नविनतम प्रयोग ।
• देशका आर्थिक सुचकाङ्कहरुको विकासमा सहभागिता
• अर्थतन्त्रको विविधीकरण गर्न मद्दत गरि लघु व्यवसायको सुरक्षा र संरक्षकत्व

लघुवित्तका समस्या र भ्रमहरुः
• एउटै भौगोलिक क्षेत्रमा दर्जन भन्दा वढि लघुवित्तका कार्यक्षेत्र हुनुले सदस्य दोहोरिने दोहोरो कर्जा प्रवाह हुने र संस्थाहरु विच अस्वस्थ प्रतिष्पर्धा सृजना हुनु फलस्वरुप जोखिमयुक्त कर्जा वृद्धि हुनु ।
• नितिगत र कानुनी निर्देशन पालनाको अभावले कर्जा विश्लेषण र कर्जा सदुपयोगिता विना लगानी गर्नुले असुलीमा समस्या देखा पर्नु ।
• कर्मचारीहरुमा दक्षता र पेशागत आचरणको कमिले गर्दा ऋणीहरु संग Dealing गर्न नसक्दा संस्थाहरु विवादमा तानिनु परिणाम स्वरुप ऋण भावनाको विकास हुन गई कर्मचारी Sustain नहुने दर बढ्नु ।
• नेपाल राष्ट्र बैंकले मौद्रिक निति मार्फतMerger Force Merger Amalgamation तर्जुमा गरेको आदिको प्रभावकारी कार्यान्वयन नहुने संस्थाको जोखिम मोल्ने सामथ्र्य र प्रतिस्पर्धात्मक क्षमता वृद्धिमा रोक लगाउनु ।
• लघुवित्तहरु ग्रामिण भेगहरुमा भन्दा नाफाउन्मुख हुनु शहर केन्द्रित हुनुले ऋणी भाग्ने दबाब र संघर्ष समिति निर्माण गर्ने र संस्थागत लगानीमा राजनितिक विषयले प्रवेश पाई कर्जा जोखिम बढ्नु ।
• व्याजदर वित्तिय साक्षरताको अभाव र विभिन्न शुल्कहरु बारे सदस्यहरुलाई समयमा जानकारी दिन नसक्दा चर्को व्याज र अनावश्यक शुल्क संस्थाहरुले लिएको भन्ने सदस्यहरुलाई विभिन्न दबाब समुहहरु मार्फत भ्रम पर्न गई दैनिक कारोबारमा जतिलता सरकारी तवर वा नियमक निकाय नेपाल राष्ट्र बैंकले लघुवित्तहरुले सामना गरेका आन्तरिक तथा बाह्य समस्याको सामाधान गर्न तदारुकता समयछदै नदिदा समग्र लघुवित्त क्षेत्र नै अन्यौलता देखा परेको ।
• लघुवित्त संस्थाहरुले आन्तरिक रुपले लगानी सुपरिवेक्षण गरि नविनतम एवं आकर्षण सेवा सुविधाहरुको विकास गरि सदस्यहरुलाई सेवा प्रवाह गर्न नसक्दा लघुवित्त विरुद्धका भ्रम चिर्न निकै ढिला हुनु ।
• लघुवित्त संस्थाहरुको कर्जाका कारण वस्ती विस्थापित हुनु र ढोकामा ताला लाग्ने आदि विभिन्न भू–भागमा भएको आत्महत्या समाचार मिडिया मार्फत आउँदा नियमक निकाय एवं कर्मचारी संस्थाले त्यस्ता भ्रामक प्रचारबाजीको एथोचित्त, सत्यतथ्य प्रतिक्रिया दिन नसक्दा सो भ्रम अझै पनि फिल्डमा कायम रहनु ।

Advertisement 3

भ्रम र समस्याको निदानः
क्षेत्रिय तथा राष्ट्रिय स्तरबाट सञ्चालित लघुवित्तहरुले यस क्षेत्रका विद्यमान चुनौतिलाई चिर्न नेपाल राष्ट्र बैंक सरकारी संमयन्त्र र लघुवित्त संस्थाहरुको विचमा प्रभावकारी समन्वय संमयन्त्र स्थापित गरि कम्तिमा एक स्थानिय तह एक लघुवित्त संस्था शाखाको नितिगत व्यवस्था वारे कर्जा दोहोरिने Duplication र सदस्यहरुलाई एक भन्दा बढि संस्थाको सदस्य हुन प्रतिवन्ध लगाई विभिन्न दबाब समुहरुले उठान गरिरहेका मुद्दाहरुको कानूनी र न्यायचित ढङ्गले सामाधान गरि व्याजदर व्यवस्थापन शुल्क मिलान, बचत नियमितता र परिचालन उचित कर्जा सदुपयोगिता, वित्तिय साक्षरताको विकास र कर्मचारीलाई Reward and Punishment का आधारमा कार्य गराउन सके नि–सन्देह लघुवित्त संस्थाहरुका समस्याहरु निदान हुने छन ।

अन्त्यमा नेपालको बैंकिङ्ग प्रणालीको सुदृढिकरण र अर्थतन्त्रको सबलीकरण तथा न्युन आय स्तर भएका वर्ग र समुदायको उन्नती र समुन्नतीका उद्देश्यले स्थानिय वित्तिय संस्थाहरु र गरिबी, बेरोजगार र पछौटेपनमा सिमित रहेका वर्गहरुको उत्थानका निम्ति “लघुवित्त संस्थाहरु ज्वरोलाई सिटामोल” का रुपमा निरन्तर रहि केही कपोकल्पीक र विकृतिको कु–सस्कारको ढोका फोडेर फेरी पनि बलियो स्थितिमा फर्किने कुरा दृढ विश्वास छ ।

लेखक सिम्रन अधिकारी सबैको लघुवित्त संस्थामा कार्यरत कर्मचारी हुन् ।

प्रकाशित :२०८० बैशाख ५, मंगलवार ११:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry