वसुधैव कुटुम्बकम् : विश्वबन्धुत्व र शान्तिको मार्ग

वसुधैव कुटुम्बकम् पृथ्वीका सबै प्राणीलाई एक परिवारको सदस्यको रूपमा मान्ने विश्वबन्धुत्वको अवधारणा हो। यसको उत्पत्ति प्राचीन उपनिषद्मा भएको हो, जसले सबै प्राणिहरूलाई समान र समभावका साथ हेर्नुपर्ने कुरा बताउँछ। संसारमा सबै प्राणीको अस्तित्व समान छ र हामी सबैको उद्देश्य पनि समान छ।हामी सबै एक अर्कामा समान छौँ र कुनै पनि शत्रु छैन। यस अवधारणालाई आत्मसात गरेर मानव जीवन सार्थक र सफल बन्न सक्छ। यदि हामी द्वेषको भावना राख्छौं भने, हामी आफैंलाई कमजोर बनाउँछौं र विनाशको बाटोमा जान्छौं। वसुधैव कुटुम्बकम् भन्नाले मित्रता र सहकार्यको भावना फैलाउन मद्दत गर्दछ, जसले समाज र संसारको कल्याणमा योगदान पुर्याउँछ। यो संसार कसैको व्यक्तिगत सम्पत्ति होइन, सबैको साझा धरोहर हो। भौतिक दुःख अस्थायी र क्षणिक छन्, तर अध्यात्मिक सुख अनन्त र शाश्वत हुन्छ। जीवनको साँचो सुख प्राप्त गर्नका लागि वसुधैव कुटुम्बकम् (विश्व एक परिवार हो) को भावनाले हामीलाई एकताको मार्गमा डोर्याउँछ। जबसम्म हामी भौतिक र सामाजिक सीमाहरू पार गरेर सबै प्राणिहरूलाई समान र आफन्तको रूपमा मान्दैनौं, तबसम्म साँचो शान्ति र समृद्धि प्राप्त गर्न सकिँदैन।
यस सिद्धान्तको आधारमा, द्वेष र भेदभावको भावना त्यागेर हामी एक अर्कासँग मित्रता र सहकार्यका साथ अघि बढ्न सक्छौं। वसुधैव कुटुम्बकम् अर्थात् सबैलाई समान सम्मान र समान अधिकारका साथ हेर्नु जीवनको सार्थक मार्ग हो।भौतिक दुःखको कारण हो भने अध्यात्म अनन्त सुख। क्षणिक सुख भौतिक हो भने अनन्त सुखको कारण अध्यात्म हो। यसैले अनन्त सुख प्राप्तिका निम्ति वसुधैव कुटुम्बकम्को भाव हामीमा रहन सक्नुपर्दछ। यसप्रकार मानवले नेतृत्व गरेको पृथ्वीमा सचेत प्राणीको हिसावले जीव, बनस्पती, जलचर थलचर सबैको अस्तित्व संरक्षण गर्दै अगाडी बढनु पर्दछ। विज्ञानको देन मानवजातीको हितमा भएकोले यसको दुरुपयोग गर्नु हुदैन। अन्तराष्ट्रिय संघ संस्था, माहाशक्ति राष्ट्रहरुले पृथ्वीलाई जीवन्त राख्न विवेकशील नियम लागू गर्नु पर्दछ र आपत विपत तथा यस्ता माहामारी माथि विजय प्राप्त गर्न विश्व एकजुट भई वशुधैव कुटुम्बकमलाई आत्मसात गर्नुपर्दछ। आज संसार एउटा गाउँको रुपमा परणित भएको छ। मानिस चौबीस घण्टाभित्र पृथ्वीको एक कुनाबाट अर्को कुनामा पुग्दछ। संसारको एक कुनाको खबर सेकेण्डमै अर्को कुनामा पुग्छ। यसैकारण आज मानवता प्रवद्र्धन अति जरुरी भएको छ। विश्वबन्धुत्व प्रवद्र्धन जरुरी भएको छ। वसुधैव कुटुम्बकम जरुरी भएको छ। ‘बाचौँ र बाँच्न देऔँको फैलावट जरुरी भएको छ।जीवनको यथार्थ र सत्य अनुभूति गराउने र मानव सभ्यताका सफलताका प्रमाणहरू प्रस्तुत गरेर समाजमा शक्तिको सञ्चार गराउन सक्ने सञ्चारजगतले नै हो। विपत्तिबाट सिकेका ज्ञानले मानिस आजको सभ्यतामा आइपुगेको हो। हाम्रा आदर्श जीवनदर्शनको प्रचारप्रसार आजको आवश्यकता हो। यसैले आपसमा द्वेषको भावना राख्नु आफैँलाई कमजोर तुल्याउनु हो, आफ्नै विनाशको बाटो खन्नु हो। जसरी दुर्योधन आफनै जालोमा फसे। यसैले असल जीवनयापनका सूत्र हामीलाई हाम्रा ऋषिले प्रदान गरेका छन्। बुद्ध र जनक हाम्रा अग्रज हुन्। हामी आफ्नै दर्शमा उभिएका छौँ। अथक तपस्या गरेर हाम्रा ऋषिमुनिहरूले दिएका ज्ञान ओखती समान छन्। यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ। विश्व बन्धुत्व र वसुधैव कुटुम्बकम्मा जीवनको सार्थकता खोजौँ।वसुधैव कुटुम्बकम् भन्ने भावनाले विश्वमा शान्ति र समृद्धि ल्याउन महत्वपूर्ण भूमिका खेल्छ। जबसम्म हामी सबै एक आपसमा समान र मित्रवत् व्यवहार गर्दै काम नगर्ने हो भने, संसारमा अस्थिरता र अशान्ति कायम रहनेछ। यसको अर्थ हो कि हामी सबैको उद्देश्य र गन्तव्य समान छ र हामी सबैको अस्तित्व समान छ। द्वेषको भावना राख्नु आफैंलाई कमजोर बनाउनु हो। यसैले, संसारको उन्नति र कल्याणको लागि वसुधैव कुटुम्बकम् को भावना समृद्धि ल्याउनका लागि महत्वपूर्ण छ।
बुद्ध र जनक हाम्रा अग्रज हुन्। हामी आफ्नै दर्शमा उभिएका छौँ। अथक तपस्या गरेर हाम्रा ऋषिमुनिहरूले दिएका ज्ञान ओखती समान छन्। यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ। सबैको समान अस्तित्वको स्वीकार गर्नुपर्छ भनी महोपनिषदमा भनिएको छ। अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।। (महोपनिषद्,४।७१) अर्थात् सानो चित्त भएका व्यक्तिले यो मेरो र यो अर्काको भनी भेदभाव गर्दछन्, उदार हृदय भएकाले पृथ्वीका सबैलाई आफन्त जस्तै व्यवहार गर्दछन्।सहकार्यको भावलाई पनि उपनिषद्ले स्वीकारेका छन्। उपनिषद्मा भनिएको छ। यो विश्व ब्रम्हाण्डमा भएका हामी सबै साथसाथै हाँस्न खेल्न र रमाउन सक्नुपर्दछ। सबैलाई आफ्नै जस्तो देख्न सक्नुपर्दछ। एकले अर्कामा द्वेषको भाव नराखी साथ साथै सहकार्य गर्नुपर्दछ भनी हाम्रा महर्षिले उपदेश दिएका छन्। आपसमा मित्रताको भावले मात्र आफ्नो र यो संसारको उन्नती र कल्याण हुन सक्छ। संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो। जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ। त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन्। पृथ्वीका सबै सबैका बन्धु समान हुन्। कोही आफ्नो र कोही परका छैनन्। सबैलाई समान व्यवहार गर्नुपर्दछ। जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन्। जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन तबसम्म यो संसारमा अस्थिरता रहिरहन्छ। हत्यासिंहा जस्ता कार्य चलिरहन्छन्। भौतिक रगतले कोरिएका सीमारेखाभन्दा मानव जगत अझैमाथि उठ्न सक्नुपर्दछ। किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो। यो धराधाम हिजो न कसैको थियो, न आज कसैको छ र न भोलि कसैको हुनेछ। यो सबैको हो। मेरो वा हाम्रो भन्नु दुःखको कारण हो। संसारमा युद्धका विभीषिका यही अहंभावका कारण छेडिएका छन्। महाभारत, युद्ध यसैका ज्वलन्त उदाहरण हुन्। विश्वयुद्ध यही अहंकारले मच्चिएका थिए। यसैले अहंकारलाई त्यागी सुख र शान्तिको कामना गर्नेले विश्वबन्धुत्वको भावना राख्न सक्नुपर्दछ।यसबाटमात्रै विश्व कल्याण हुनसक्ने देखिन्छ। संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो। जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ। त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन्। पृथ्वीका सबै मानिसहरु बन्धु समान हुन्। कोही आफ्नो र कोही परका हुदैनन। सबैलाई समान व्यवहार गर्नुपर्दछ। जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन्। जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन।हम्रो जीवनको लक्ष्य सर्वकल्याण हुनु पर्दछ। सबैको कल्याण चाहने व्यक्तिमा सर्वप्रथम विनयभाव रहनुपर्दछ। स्वार्थ एवं अहंको प्रदर्शन गर्ने व्यक्ति सानो चित्तका हुन् आफ्नो र अर्काकोमा भेद देख्दछन्। तर, उदार चित्त भएकाले सबैलाई समान देख्दछन् र देख्नुपर्दछ भनी बताइएको छ।
संसारमा ममत्वको भावना मात्र अहंकारको प्रदर्शन हो। जबसम्म हामी “मेरो” र “तिमी” को भावना बाट माथि उठेर समभावमा विश्वास नगर्ने हो भने, हाम्रो जीवनको उद्देश्य पूरा हुन सक्दैन। उपनिषदहरूले भनेका छन् कि पृथ्वीका सबै प्राणी समान छन् र सबैलाई समान व्यवहार गर्नुपर्छ। त्यस्तै, सबैको अस्तित्वलाई स्वीकार गर्ने र सामूहिक सहयोगको भावना अपनाउने व्यक्तिहरू महान् हुन्।
आजको संसार एकजुट भएर वसुधैव कुटुम्बकम् को सिद्धान्तमा आधारित भएर अघि बढ्न जरुरी छ। विज्ञान र प्रविधिको विकासले संसारलाई एक गाउँजस्तो बनाएको छ, जहाँ मानिस एक स्थानबाट अर्को स्थानमा सहजै पुग्न सक्छ। यसले विश्वबन्धुत्व र मानवता प्रवर्द्धन गर्न आवश्यक बनाएको छ। पृथ्वीलाई जीवन्त राख्न र आपतकालीन परिस्थितिहरूमा विजय प्राप्त गर्न विश्वको एकता र सहकार्य महत्त्वपूर्ण छ।
अन्ततः, वसुधैव कुटुम्बकम् को सिद्धान्तलाई जीवनमा आत्मसात गरेर र द्वेषको भावना हटाएर मात्रै समाजमा शान्ति, समृद्धि र कल्याण स्थापना गर्न सकिन्छ। यस सिद्धान्तले हामीलाई समानता, मित्रता र सहयोगको भावना दिलाउँछ, जुन मानव जीवनको सर्वोत्तम मार्ग हो।
प्रकाशित :२०८१ फाल्गुन ६, मंगलवार ०९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry