म नोकर हुँ ।

कुमार दाहाल,सहसचिव
मालिकको सहश्र अनुहार थाहा छ मलाई
तर , एक रुपको मात्र पूजा गर्छु म,
आँखाले थुप्रै रङ मन पराउँछन्
तर, एउटा रङ मात्र चुन्छु म ,
सम्पूर्ण सम्पत्ति मेराे हातमा छ
साँचो मात्र मालिकलाई सुम्पन्छु म,
किनकि,
म नोकर हुँ ।
शरीर भित्रै वैंस कटेर गए
मालिक कै इशारामा रमेको छु म ,
आफ्नै तस्बिर देखि डर लाग्छ बेलाबेला
तर मालिकको फोटो पूजा गरिरहन्छु म,
आज, आफ्नै बाटो बिर्से झै लाग्छ
अरु मान्छे देख्दा झस्किन्छु म,
मालिकको विश्वास छ मसँग
किनकि वफादार नोकर हुँ म ।
समय जाँदै छ, थाहै पाउँदिन
तर समयको पालना गरिरहन्छु म,
नतिजाको इसारा जस्तो सुकै होस
मालिकको आज्ञा मानिरहन्छु म,
अंधभक्त त हनुमान पनि थिए
तर विभीषणलाई मन पराउँछु म ,
आफ्नो सबै गुमाएर
फगत रमाउँछु म ,
किनकि ,
म नाेकर हुँ ।
हासाे र रोदन थाहै हुँदैन
विभेद समेत मालिकलाई सुम्पेको छु,
बगैंचा त मालिक कै त हो नि
तर फूलमा रंग भर्न जानेको छु,
मैले रोजेका फूल मुर्झाएर गए
तर, मालीको काम मै रमेकाे छु,
मालिकमा नोकरको बिम्ब देखेर
सधै इमान्दार नोकर बनेको छु ।
प्रकाशित :२०७९ चैत्र १४, मंगलवार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry