एस. के. न्यौपानेको गजल

बा अभागी रै छु र त माया अपार थियो
हजुर हुनुमा मात्र मेरो जीवनको सार थियो

Advertisement 1

त्यही घरमा हजुरलाई मृत भेटाएँ मैले,
जुन घर नै बलियो बनाउने बिचार थियो

सम्झिन्छु ती बाणिहरु अनि झस्किन्छु फेरि,
जो मलाई मान्छे बनाउने औजार थियो

Advertisement 2

ढल्यो मेरो बिश्वास र भरोसाको खम्बा त्यही दिन,
जुन मेरो सुन्दर जीवनको आधार थियो

झुट नबोल्नु, लोभ नगर्नु र नगर्नु अन्याय कसैमाथि,
आजसम्म बचाएको छु जुन हजुरको संस्कार थियो

Advertisement 3

बा आउनुस न फर्केर, हाम्रो जीवनमा खुशी भर्न,
सांच्चै आज हजुरको छोरो जिम्मेवार थियो

 

प्रकाशित :२०८० भाद्र २८, बिहीबार १३:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम