भोली सार्वजनिक विदा
सरकारले भोलि माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सोनम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सवै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित नेपाली नियोगहरूमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।
Advertisement 1
३० गते तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछार पर्व हो । सो अवसरमा सरकारले सार्वजानिक बिदा दिने निर्णय गरेको हो। सो विदा तीन बर्ष अघिदेखि कटौतीमा परेको थियो । २०५१ सालदेखि ल्होछारको अवसरमा दिइदै आएकोमा कटौतीमा परेको सो बिदालाई सरकारले यस पटक फेरि सार्वजनिक विदा दिने भएको हो ।
प्रकाशित :२०७७ माघ २९, बिहीबार १४:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%