किन पड्किन्छन् ग्यास? कसरी गर्ने सुरक्षा
आजैमात्र ग्यास सिलिण्डर बिस्फोटन भएर काँग्रेसका सांसद चन्द्र भण्डारी गम्भीर घाइते भए । ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो । यस्तै नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । गहिरो गरी पोलेको घाउमा छाला नै फेर्नुपर्ने भएकोले नेपालमा सम्भव नहुने भन्दै अस्पतालले भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा रेफर गरेको हो ।
हरेक बर्ष जसो ग्यास सिलिण्डर विस्पोट भएर नेपालमा कतिले ज्यान गुमाइरहेका छन् । यस्ता समाचारहरु सार्वजनिक भइरहेका छन् । कतै तपाई हाम्रा भान्सामा पनि सिलिण्डर बम त जोडिरहेका छैनौं ? ग्यास सिलिण्डरको पनि आयू हुन्छ । आयू सकिएका ग्यास सिलिण्डरहरु पड्कने गर्दछन् । कसरी थाहा पाउने त ग्यास सिलिण्डरको आयू ?
एलपिजी ग्याँसको सिलिण्डरको पनि अन्तिम मिती (एक्सपाइरी डेट) तोकिएको हुन्छ। सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। हो, त्यही डण्डीमा यसको अन्तिम मितीलाई पेन्ट गरिएको हुन्छ।
Advertisement 1
त्यो डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ। त्यसैबाट अन्तिम मिती थाहा पाउन सकिन्छ। ती अक्षरले एक्सपाइर हुने महिनालाई सङ्केत गर्दछ (जनवरी देखि डिसेम्बर सम्म) भने अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।
A – जनवरी देखि मार्च
B – अप्रील देखि जून
C – जुलाई देखि सेप्टेम्बर
D – अक्टोबर देखि डिसेम्बर
उदाहरणको लागि, मानौँ तपाईँको सिलिण्डरमा ‘A 18’ लेखिएको छ। यसमा, A ले जनवरी देखि मार्च महिनालाई सङ्केत गर्दछ। अनि 18 ले सन् २०१८ को वर्षलाई जनाउँदछ। मतलब, तपाईँको सिलिण्डर सन् २०१८ को जनवरी देखि मार्च महिनासम्ममा एक्सपाइर हुन्छ।
यसका अलवा डिलरबाट ल्याउँदा वा लैजाँदा सिलिण्डर कुनै पनि अवस्थामा गुडाउन नहुने,भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्ने,ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्ने गर्नुपर्ने बताइन्छ ।