झापामा १ सय ५२ भौतिक संरचनामा क्षति

झापा। जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन र ३वटा प्रादेशिक कार्यालयका भवनमा क्षति पुगेको हो।
Advertisement 1
त्यसैगरी एउटा सार्वजनिक भवन, निजी आवास ३७ वटा, २वटा व्यावसायिक भवन, अस्थायी प्रहरी पोष्ट र अस्थाई प्रहरी चौकी २÷२ वटा , प्रहरी चौकी ६ वटा, इलाका प्रहरी कार्यालय ९ वटा, इलाका र जिल्ला ट्राफिक प्रहरी कार्यालय १÷१ वटा, वडा प्रहरी कार्यालय एउटा र विद्यालय भवन एउटामा क्षति पुगेको हो।
दमकस्थित दमक भ्यू र राजनीतिक दलका कार्यालय भवन आठ गरी जम्मा १५२ वटा भवनमा आगजनी र तोडफोड भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। तोडफोड र आगजनी भएका कार्यालयसहित निजी आवास भवनको समेत ५ दिनभित्रमा मुचुल्का तयार गरिसक्ने निर्णयअनुसार काम भइरहेको प्रजिअ अधिकारीको भनाइ छ।