“सिण्डिकेट नहटाएसम्म आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन दिदैनौं”
आगामी २४ असोजका लागि तय भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्नुपर्ने आवाज उठ्न थालेको छ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चदेखि निजामती सेवामा नासु बचाऊ अभियानबाट समेत निर्वाचन स्थगन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आफ्ना केही मागसहित तत्काल हुने भनिएको निर्वाचन केही समयको लागि स्थगन गर्न भन्दै जिल्ला निर्वाचन अधिकारीलाई ज्ञापन पत्र नै बुझाइसकेको अबस्था छ ।
Advertisement 1
मञ्चले मधेशी, आदिवासी, जनजाती, थारु, दलित, मुस्लिम, महिला र अल्पसंख्यक लगायतलाई प्रतिनिधित्व हुन आवश्यक रहेको भन्दै अहिलेको निर्वाचन रोक्नुपर्नै आवाज जिल्ला जिल्लाबाट उठ्न थालेको छ । मञ्चले निर्वाचनमा लगाइएको १० प्रतिशत थ्रेसहोल्डलाई घटाएर ३ प्रतिशतमा कायम गर्नुपर्ने, स्वास्थ्य सेवाका कर्मचारीलाई पनि निर्वाचनमा निषेधित गरिएकोले सबैलाई सहभागी गराउनुपर्नै आवाज उठाएको छ ।
मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीका अनुसार संघ र प्रदेशको निजामती कानून नै नबनाई निर्वाचन प्रक्रियामा जर्वजस्त लाद्ध्न खोजिएको अर्काेतिर स्थानीय तहका लागि माग गरिएका दशौ हजार कर्मचारी र स्वास्थ्यका कर्मचारीलाई पनि मतदाता बनाउनु आवाज उठाउदै आएको सुनाए ।
उनले १० प्रतिशत थ्रेस होल्डलाई ३ प्रतिशतमा झार्नुपर्ने र कोरोना सङ्क्रमणका कारण प्रचार प्रसार गर्न अफ्ठेरो भएकोले चुनावको मिति सार्नुपर्ने आफ्नो माग रहेको सुनाए ।
Advertisement 2
यसैबीच तराईका केही जिल्लामा निर्वाचन अधिकृतको कार्यालयमा राखिएको बोर्ड झिकेका छन् । नेपाल मधेसी निजामती कर्मचारी मञ्चका पदाधिकारीले महोत्तरीमा निर्वाचन अधिकृतको कार्यालयमा राखेको वोर्ड निकालेका हुन् ।