बढुवा विवादले राष्ट्र बैङ्कमा तनाव,गभर्नरविरुद्ध उत्रिए कर्मचारी !
कर्मचारी बढुवासम्बन्धी विवादले नेपाल राष्ट्र बैङ्क तनावको स्थिती सृजना भएको छ । महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको कमाण्ड थालेको दश महिना नबित्दै कर्मचारीहरु उनीविरुद्ध उत्रिन बाध्य भएका छन् ।
कनिष्ठ कर्मचारीलाई काखी च्यापेपछि त्यहाँ विरोध शुरु भएको हो । हालै राष्ट्र बैङ्कले रिक्त उपनिर्देशक पदमा बढुवा गर्दा सिनियरलाई पाखा र जुनियर कर्मचारीलाई काखा च्यापेको भन्दै नेपाल राष्ट्र बैङ्कका कर्मचारी संगठनहरुले व्यवस्थापनको विरोध गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकले गत २१ माघमा प्रशासन सेवातर्फ रिक्त रहेको पदमा ५ जना सहायक निर्देशकबाट उप–निर्देशकहरुको बढुवा भएको थियो ।
विरोधमा उत्रिएका कर्मचारीहरुका अनुसार,गभर्नर अधिकारीले बरिष्ठतामा ७५ नम्बरमा रहेका नियमन विभागका चार्टर्ड एकाउण्टेन्ड साहायक निर्देशक जगदिश कुमारलाई १४ नम्बरमा ल्याएर वढुवा गरी उप निर्देशक बनाएको भन्दै उनीहरु फायर भएका हुन् । जगदिश कुमार काँग्रेसनिकट नेपाल राष्ट्र बैङ्क कर्मचारी युनियनका सदस्य हुन् ।
Advertisement 1
अग्रवाल राष्ट्र बैंकका सञ्चालक सुवोधलाल कर्णका आफन्त भएको बताइन्छ । उनी सीए पृष्टभूमिका हुन् ।
कर्मचारीहरुका अनुसार १७ औं नम्बरमा बढुवा हुनुपर्ने व्यक्तिको सट्टामा भने ८५ औँ वरियताको व्यक्तिलाई ल्याइएपछि आफूहरु बाध्य भएर विरोधमा उत्रिनु परेको हो ।
उनी सीए पृष्ठभूमिका व्यक्ति हुन् राष्ट्र बैङ्कका गभर्नर अधिकारी पनि सोही पृष्ठभूमिबाट आएका कारण उनको सीए मोहका रुपमा पनि कतिपय कर्मचारीहरुले अथ्र्याएका छन् ।