हुलाकी राजमार्ग आयोजनाले गरेका केही नमुना कार्यहरू
विगतमा चिट्ठीपत्र आदान प्रदान गर्न तराई(मधेशको पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरको दैजीसम्म हुलाकी सडकको रुपमा प्रयोगमा आएको सडकलाई हुलाकी राजमार्गको रुपमा विकास गर्ने परिकल्पना बमोजिम यो आयोजना कार्यान्वयनमा ल्याईएको हो । तराई(मधेशमा निर्वाध आवागमन र सामाजिक आर्थिक गतिविधिमा विस्तार हुने भएकोले यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन ल्याइएको छ । यस आयोजनाको उद्देश्य पूर्वमा झापाको भद्रपुरबाट पश्चिममा कन्चनपुरको दैजीसम्म तराई-मधेशका जिल्ला सदरमुकाम र घना बस्तीलाई जोड्दै यातायातको सहज पहुँच विस्तार गरी यस क्षेत्रको सन्तुलित विकास गर्नु रहेको छ ।
Advertisement 1
हुलाकी राजमार्ग आयोजना अन्तर्गत सम्पूर्ण सडक संजालको कुल लम्बाई १८३० कि.मि. रहेको छ जसमध्ये पूर्व-पश्चिम सडकको लम्बाई ९७५ कि.मि. रहेको छ भने उत्तर-दक्षिण जोडिने सहायक सडकको लम्बाई ८५५ कि.मि. रहेको छ, यस कार्यान्वयन हुने क्षेत्र तराई मधेशको २१ जिल्ला तथा लाभान्वित जनसंख्या ९० लाख रहेको छ । तराई मधेशका २१ जिल्लामा यातायातको सहज पहुँच विस्तार गर्दै सामाजिक तथा आर्थिक विकासमा योगदान पुयाउने लक्ष्य रहेको छ ।
Advertisement 2
यस निर्देशनालय अन्तर्गत ६ वटा योजना कार्यालयहरु र १ वटा सडक डिभिजन (भरतपुर) कार्यन्वयन गर्ने कार्यालय रहेको छ, योजना कार्यालय ईटहरीले झापा, मोरङ, सुनसरी र सप्तरी जिल्ला अन्तर्गतको सडक तथा पूलको निर्माण गर्ने कार्य गरेको छ भने योजना कार्यालय जनकपुरको कार्यक्षेत्र जिल्लाहरु सिरहा, धनुषा, महोत्तरी र सर्लाही छन् । त्यसै गरि योजना कार्यालय विरगंज अन्तर्गत रौतहट, बारा, पर्सा र चितवन जिल्ला रहेको छ भने यो का. कपिलवस्तुले (पुर्वी पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्ला तथा यो। का नेपालगंजले दांग, बाँके र बर्दिया जिल्ला अन्तर्गतको हुलाकी सडक तथा पुलको निर्माण गर्ने गरेको छ, त्यसैगरी यो. का. धनगढीले कैलाली र कंचनपुर जिल्ला र सडक डिभिजन भरतपुरले भरतपुर माडी सडकको स्तरोन्नतिः निर्माणको कार्य गर्ने गराउने गर्छ ।
Advertisement 3
परिचय
हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको सम्पूर्ण सडक संजालको कुल लम्बाई १७९२.४२ कि.मि. रहेको छ जस मध्ये पूर्व देखि पश्चिम तर्फको लम्बाई ९७५ कि.मि. रहेको छ भने उत्तर देखि दक्षिण जोडिने सहायक सडकहरुको लम्बाई ८१७.४२ कि.मि. रहेको छ जसमा थप तीनवटा सडकहरु (लम्बाई करिब ६५ कि.मि.) समाबेश भएको हुँदा उत्तर देखि दक्षिण जोडिने सहायक सडकहरुको कुल लम्बाई ८८२.४२ कि.मि. भएको छ
0 हुलाकी राजमार्गको प्रारम्भिक लागत अनुमान ४७ अरब २४ करोड (संसोधित लागत ६५ अर्ब २० करोड) रहेको छ ।
0 यस आयोजना अन्तर्गत प्रारम्भिक अनुमान अनुसार २१९ पुल रहेकोमा उक्त संख्या बढेर २५० रहेको देखिन्छ।
0 हालसम्ममा निर्देशनालयबाट ९१० कि.मि. सडक र ११५ वटा पुल निर्माण सम्पन्न भैसकेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत ६ वटा योजना कार्यालयहरु
– योजना कार्यालय इटहरी,
– यो. का. जनकपुर,
– यो. का. बिरगंज,
– यो. का. कपिलबस्तु ,
– यो. का. नेपालगंज,
– यो. का. धनगढी
रहेको र केहि सडकखण्ड डिभिजन सडक कार्यालय, भरतपुर बाट समेत निर्माण कार्य संचालन भैरहेको छ।
आयोजनाको लक्ष्यः
हुलाकी राजमार्गको कुल लम्बाई १८५७.४२ कि.मि. सडक निर्माण तथा स्तरोनन्ति र सो सडकमा पर्ने करिब २५० वटा पुलहरु समेत निर्माण गर्ने लक्ष्य रहेको छ ।
आयोजनाको अबधी :
शुरु आ.ब. २०६६र६७ सम्पन्न हुने आ.ब. २०८२/८३
आयोजनाको लागतः हुलाकी राजमार्गको लागत अनुमान ६५ अर्ब २० करोड रहेको छ ।
बजेटको श्रोतः
भारतीय अनुदान सहयोग ८ अर्ब रुपैया
बाँकि सबै ५७.२० अर्ब नेपाल सरकार
निर्मणाधिंन सडकहरुमा देखिएको समस्याहरु
चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने र चितवन र नवलपरासीको त्रिबेणी जोड्ने १०० कि.मि. सडक को रेखांकनको अन्योलताले ठेक्का ब्यबस्थापन गर्न बाकी रहेको,
0 नारायणी नदीमा पुल निर्माण स्थलको बारेमा बिबाद रहेको (गोलाघटरघोसराघाटरपितौजी घाट )
0 दुम्कीबास त्रिवेणी खण्डमा काम गर्नेरनगर्ने विवाद रहेको, निकुन्ज क्षेत्र तथा घना जंगल रहेको ।
0 बफ्फ़र जोनमा निर्माणाधीन सडक ९जस्तै बिरगंज ठोरी, ठोरी माडी भरतपुर तथा पुलहरु (माडीक्षेत्रमा निर्माणाधीन पुलहरु) मा निर्माण सामग्री को उपलब्ध गर्न कठिनाई्
0 कंचनपुर जिल्लामा सुक्लाफाटा निकुन्ज छेत्रमा रेखांकन समस्या ।
0 सहरी क्षेत्रमा सडक सिमा एवम् मुआब्जाको विवाद आदि ।
आयोजना कार्यान्वयनमा देखिएका मुख्य समस्याहरु
0 रो भित्र अतिक्रमण
0 संरचना निर्माणका कारण बनिएका कल्भर्ट थुनिएर समस्या देखिएको।
0 बजार क्षेत्रमा बनिएका बाक्ला घर बस्तीका कारण साविक कल्भर्ट तथा अन्य क्रसिङ बन्द गर्न र नालाबाट धेरै टाढाको निकाशमा पुर्याउनुपर्ने माग बढ्दो।
0 बस्ती क्षेत्रमा सडक चौडा गर्नुपर्ने दवाव
0 सडकको डिपिआर बनेको बखत बिस्तार नभएका बस्ती सडक निर्माण संगै बड्दो अवस्थामा रहेको
0 ईस्टिमेट गर्दा केही विकाश भईसकेका वस्ती बाहेक अन्य ठाउँमा दुईलेनको गरिएको
0 हाल आएर हरेक चोक र साना वस्तीमा समेत चारलेन सडक बनाउनुपर्ने र सो नभए सडक निर्माणनै रोकिदिने स्थानिय जनप्रतिनिधीहरु समेतको चेतावनीले समस्या देखिएको।
सडक निर्माण क्षेत्रमा भएका अन्य पुर्बाधारका संरचना सार्न समस्या
0 सडक निर्माण क्षेत्र भित्र रहेका संरचनाहरु विषेशतः विद्धुतिय पोल र अन्य सामाग्री स्थानान्तरणको लागि सम्बन्धित आधिकारिक निकायमा ईष्टिमेट गरिदिन पत्राचार गरिएको।
0 यस विषयको बारेमा मिति २०७९/०१/१६ मा सडक विभाग र नेपाल विद्धुत प्राधिकरण वीच भएको सम्झौताको बुँदा १ को (क) वमोजिम सडकरराजमार्ग विस्तार गर्दा साविकका विजुलीका पोल स्थानान्तरण गर्नु पर्दा सम्भव भएसम्म लाईनको सामाग्रीहरु प्रयोग गर्ने गरी नेपाल विद्धुत प्राधिकरणले लागत अनुमान तयार गर्नेरगरिदिने तर नेपाल विद्धुत प्राधिकरणले आफ्नु प्रणालीको सुदृढिकरण गर्नको लागि नयाँ लाईन निर्माण गर्नु पर्ने भएमा सो कार्य आफैले गर्नेरव्यहोर्ने भन्ने व्यवस्था भएतापनि सो वेवास्ता गरि विद्धुत प्राधिकरणले नयाँ निर्माण गर्ने ईष्टिमेट आयोजना कार्यालयमा पठाई सोहि बमोजिम कार्य गर्नुपर्ने दवाव दिने भएकोले आयोजनासंग भएको सिमित बजेटबाट सो कार्य गर्न नसकिने।
0 मुद्दाका कारण निर्माणाधिन सडक तथा पुल आयोजना कार्यान्वयनमा समस्या
0 अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा छानविन गरिरहेका योजनाहरु फाईनल गर्न समस्या
यस निर्देशनालयको २०७९ पौष मसान्त सम्मको प्रगति हालसम्म कालोपत्रे सडक ९१९ कि.मि. सम्पन्न
0 समष्टिगत भौतिक प्रगति ८३.७१ प्रतिशत
0 समष्टिगत वित्तीय प्रगति ८५.४० प्रतिशत
0 यस राजमार्गको कूल बजेट ६५ अर्ब २० करोड
0 २०७९ पौष मसान्तसम्म ५५ अर्ब ६८ करोड खर्च भएको आ.ब. २०७८/७९ मा १४६ कि.मि. सडक कालोपत्रे तथा १६ वटा पूल निर्माण सम्पन्न
0 आ.व. २०७९/८० मा २५० कि.मि. सडक कालोपत्रे तथा १६ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य
0 चितवन राष्ट्रिय निकुञ्ज निर्माणाधीन सड़क तथा अन्य सडक गरि २०० कि.मि. ठेक्का व्यवस्थापन हुन बाँकि ।
0 हुलाकी राजमार्गमा बन्ने पुलहरुको संख्या २५० रहेकोमा हाल सम्म ११६ वटा पुलको निर्माण का सम्पन्न भएको छ ।
0 बाँकि रहेको ६० वटा पूल निर्माण गर्न बाँकि छ । आ.व. २०८३र८४ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
वर्तमान तथा भावी चुनौतीहरु
0 सडक सीमा विवाद तथा स्थनीय अवरोध रहेको अबस्थामा जनकपुर पूलचौक, तेतरिया बजार, बिरेन्द्रबजार, यदुकोहा, तिनकोरिया आदि स्थानमा बाँकि रहेका निर्माण कार्य सम्पन्न गर्नु,
0 जनकपुर जलेश्वर भिठामोड सडकमा पर्ने मन्दिरहरु स्थान्तरण गरि निर्माण कार्य सम्पन्न गर्नु,
0 कमला पुललाई पुनर्स्थापन गर्नु,
0 सम्मानीय अदालतबाट निषेधाज्ञ भएका विभिन्न स्थानहरुमा निर्माण कार्य गर्नु,
0 चालु आ. व. को विनियोजित बजेट बाट प्रस्तावित लक्ष्य प्राप्त गर्नुका साथै घररटहराको क्षतिपूर्ति लागि आवश्यक बजेट प्राप्त नभएको अबस्थामा निर्माण कार्य अगाडी बढाउनु आदि ।