चुनावमा हुने धांधली
यो धांधली भन्ने शब्द कसैले नरूचाउने भए पनि यसको प्रयोग राजनीतिमा खुव हुने गरेको पाईन्छ। पंचायती कालमा त यो शब्दको प्रयोग ब्यबस्थाको हितका लागि गरिन्थ्यो।पंचायत ईतरका उम्मेद्वारलाई हराउन वा विपक्षी पन्चलाई चुनावमा हराउन यो शब्दको प्रयोग चुनाव गर्ने गराउने दुवै पक्षले आवश्यकता अनुसार गर्ने गर्थे।यो पंक्तिकारको सरकारी सेवाको कार्यकालमा जानकारीमा आए अनुसार त्यतिबेलाको निर्वाचनमा हुने गरेका धांधलीको एउटा उदाहरण दिन चाहन्छु।
Advertisement 1
जिल्ला पंचायतको चुनाव हुदै थियो, सो चुनावका मतदाता प्रत्यक्ष नभएर अप्रत्यक्ष हुने ब्यबस्था थियो जस अनुसार एउटा वडावाट ४ जना सदस्स र १ जना अध्यक्ष गरी ५ जना मतदाताका हिसाबले एउटा गापंबाट ४५ जना र प्रधान पंच र उप प्रधान पंच गरी २ जना समेत ४७ जना मतदाता हुने ब्यबस्था थियो।
स्थानीय निकायको चुनाव भएकोले निर्वाचन अधिकृत पनि प्रजिअ हुने ब्यबस्था थियो।पंचायत नीति तथा जाचबुझ समितिबाट प्रजिअलाई पंचायत समर्थक उम्मेद्वारलाई जिताऊनु भनेर निर्देशन भएकै कारणले होला पंचायत ईतरका उम्मेद्वारलाई सामान्यतया हराईन्थ्यो।त्यहा नेका समर्थित उमेद्वार उठेको हुदा उनलाई हराउनु पर्ने रहेछ तर उनी लोकपृय भएकोले जित्ने सम्भावना पनि रहेछ।ती उम्मेद्वारको आफ्नै गापंमा उनको प्रभाव रहेछ क्या रे उनलाई जसरी पनि हराऊने निर्देशन लिएर मतदान अधिकृत त्यहा खटिए।त्यहा धाधलीको प्रारूप रच्दा त्यहा दिने मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेर ती मतपत्र वदर गराउने उद्देश्य रहेछ।त्यहा खटिएका मतदान अधिकृतले पनि त्यसै गरेर मतपत्र दिए।त्यस बुथका ४७ ९हरेक वडाका ५ र प्रपं र उपप्रपं २० मतदाताले ती अमुक चिन्हमा स्वस्तिक छाप लगाए तर सो मतपत्रमा मतदान अधिकृतको सहिछाप भए नभएको ख्याल गरेनन् र पछि मत गणना गर्दा ती सबै मत बदर भए।किनभने ती मतपत्रमा सम्बन्धित मतदान अधिकृतको हस्ताक्षर थिएन। यसरी गरिने रहेछ चुनावमा धांधली। यो त एउटा उदाहरण मात्र हो धांधलीको।
२०३६ सालको जनमत संग्रहमा पनि निर्दलको पक्षमा नतिजा ल्याउन जनक शिक्षा सामग्री केन्द्रको प्रेसको दुरूपयोग गरिएको कुरा त्यति बेलै चर्चामा थियो।धाधली राजनीतिक क्षेत्रको एउटा बलियो औजार हो जहा आफू संग बिमती राख्ने ब्यक्तिलाई हराउन प्रयोग गरिन्छ र खासगरी यस्तो काम सत्ता वा संस्थापन पक्षबाट हुने गरेको पाईन्छ।
Advertisement 2
यो महिनामा नेपालका नेका, एमाले, माओवादी र राप्रपा ४ वटा दलहरूले महाधिवेशन गर्दैछन्। ती सबैका संस्थापन पक्षले महाधिवेशनमा आफ्नो पक्षका उम्मेद्वारको जित गराउन आन्तरिक रूपमा धांधली गरीरहेको सुनिन आएको छ। अहिले त कम्युनिष्ट नामका दलहरूले पनि प्रजातन्त्रको नाम लिन थालेर चुनाव वा महाधिवेशन गर्न तम्सिएका छन् । यिनीहरूले कार्यकर्तालाई धम्क्याएर भए पनि निर्विरोध भएको भनेर गांऊ फर्के पाराको चुनाव गराउदै छन् भने आफूलाई प्रजातन्त्रको पर्याय मान्ने पार्टी नेकाले पनि कृयाशील सदस्यताको दुरूपयोग गरेर धांधली गर्न आंटेको सुनिदैछ।
चुनाव गर्न जादा अर्काको नामबाट मतदान गर्ने, एउटै ब्यक्तिले पटक पटक मतदान गर्ने, मतदातालाई प्रभावमा पार्ने, मतगणनामा धाधली गर्ने, डर , धाक, धम्की लगाएर मतदान गर्न लगाउने जस्ता धाधलीपुर्ण कार्यहरू सामान्य हुन थालेका छन्। यो त पार्टीको चुनाव भयो तर अन्य राष्ट्रिय चुनावमा समेत पर्याप्त मात्रामा धाधलीका प्रयाशहरू हुने गरेको सुन्नमा आउछ। त्यसैले यस तर्फ मतदाता लगायत सबै चनाखो हुन जरूरी छ।
Advertisement 3
जसरी परीक्षामा परीक्षार्थीले चिट चोर्ने एउटा एउटा फेशन बनीसकेको छ त्यसै गरी राजनीतिक दलमा पनि धाधली त सामान्य अभ्याश भएको पाईन्छ।
यसरी धाधलीबाट चुनिएको नेत्तृत्त्व र पदाधिकारीबाट देश, जनता र सो पार्टीका कार्यकर्ताहरूले के आशा गर्ने होरु नक्कली तवरबाट चुनिएर गएकाले सक्कली काम गर्लान भनेर नसोचे पनि हुन्छ। त्यसैले स्वच्छ ,निष्पक्ष र धाधली रहीत चुनाव आजको आवश्यकता हो।