५० लाख घुस मागेको भिडियो भेटिएपछि सीडीओको सरुवा रद्ध
सन्तोष बराइली
Advertisement 1
यसअघि सिराहाबाट गोरखा हुँदै रातारात गृह मन्त्रालय तानिएका सिडियो लालबाबु कवारीमाथि पुनः प्रश्न उठेको छ । नागेन्द्र पासवान उर्फ ज्वाला सिहंको नाममा रहेको सिरहाको मिर्चैया ६ स्थित करिब १ बिगाहा जग्गा हडपेका माओवादी नेता मातृका यादवको चक्रब्युहमा उनी परेको बताइन्छ । उक्त घटनाले द्वन्द्वकालमा नेकपा माओवादीको नाममा कब्जा गरिएका जग्गा नेता,कार्यकर्ताले आफ्नो नाममा ल्याएर भोगचलन गरेको रहस्योद्घाटन पनि भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले जनआस्थालाई उपलब्ध गराएको कागजातमा मिर्चैया ७ स्थित २ बिगाहा जग्गा २०५३ फागुन ३० गते नागेन्द्र पासवानको नाममा दर्ता भएको देखिन्छ ।
यसरी खुल्यो पोल
Advertisement 2
जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार माओवादी युध्दकालमा कब्जा गरिएका जग्गा भागबण्डाको क्रममा नागेन्द्रबाट राजेश्वरप्रसाद साहको भागमा परेको हो । राजेश्वर माओवादी केन्द्रका उपमहासचिव मातृका यादव निकट स्थानीय कार्यकर्ता हुन् । अर्को एउटा स्रोत भन्छ, ‘कारवाही थालेपछि मातृका,माओवादीबाट जितेका मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव,अर्का माओवादी नेता चन्देश्वर यादवलगायतले सिडिओ कवारीलाई थेग्नै नसक्ने गरी कार्वाही रोक्न प्रेसर दिए । कतिसम्म भने उनीहरुले कवारीलाई कार्वाही नरोके भविष्यमा अप्ठ्यारो पर्ने धम्की नै दिए ।’
सोही कारण मातृकाले प्रधानमन्त्रीमार्फत् मधेश प्रदेशका कवारीलाई दुःख दिन गोरखा पुर्याएको सिरहामा चर्चा छ । दुःख दिने नियतले यादवकै आग्रहमा रातारात गोरखाबाट पुन :मन्त्रालय तानियो । अहिले उनलाई गृह मन्त्रालयबाट अन्यत्र पठाउन सोही समूह लागिपरेको स्रोतको दाबी छ ।