जनप्रतिनिधिको चेपुवामा कर्मचारी :- अध्यक्षले फर्काएका प्रशासकीय अधिकृत उपाध्यक्षले बोलाए फिर्ता
गाउँको सिंहदरबारमा अहिले अनेकन विकृती देखा पर्न थालेको छ ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको एक कर्मचारीले स्थानीय तहका अध्यक्षले उल्टै फिर्ता पठाए पछि केन्द्रको सिंहदरबार र गाउँको सिंहदरबारबीच टकराव पैदा भइरहेको छ । गाउँपालिकाका अध्यक्षले फिर्ता पठाएका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखेरै पालिकाका उपाध्यक्षले फिर्ता बोलाएका छन् ।
यस्तो लफडा पैदा गरेको हो हुम्लाको अदानचुली गाउँपालिकाले ।
Advertisement 2
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस २९ गते नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका राजपत्र अनकिंत प्रथम श्रेणीका नन्दराज गिरीलाई खटाउने निर्णय गर्यो ।
अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही विवादित बनेपछि उनको स्थानमा मन्त्रालयले जिल्ला निर्वाचन कार्यालय सल्यानबाट काज सरुवा गरेको थियो नन्दराज गिरीलाई ।
Advertisement 3
मन्त्रालयका शाखा अधिकृत विवेक विडारी हस्ताक्षर भएको सरुवाको पत्र बोकेर गिरी सम्बन्धित गाउँपालिकाको कार्यालयमा पुगे पनि कामकाज गर्नका लागि ।
तर त्यहाँका अध्यक्ष मोहनविक्रम सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिई फिर्ता पठाइदिएका छन् ।
अध्यक्ष गिरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै गाउँपालिकासँग समन्वय नगरी मन्त्रालयले गिरीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको भन्दै अध्यक्ष सिंहले फिर्ता पठाउन पत्राचार गरेकामा सो पालिकाका उपाध्यक्ष कर्ण रोकयाले भने संघीय मामिला तथा प्रशासन मन्त्रालयबाट अदानचुली गाउँपालिकामा खटाएका नन्दराज गिरीलाई गाउँपालिकामा हाजिर हुन पत्रचार गरे पछि अर्काे लफडा निस्किएको हो ।
उपाध्यक्षले अस्ति माघ ९ माघ मन्त्रालयले खटाएका गिरीलाई तत्काल गाउँपालिकामा उपस्थित भएर नियमित कामकाज गर्न पत्रचार गरेका हुन ।