होला त चालू खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९ को कार्यन्वयन ?

अर्थ मन्त्रालय सस्तो लोकप्रियताको पछाडि लागेको भन्दै चर्काे आलोचना भइरहेको छ । हालै अर्थ सचिवको रुपमा भित्रिएका तोयम रायाले गत पुस २६ गते स्वीकृत गरेको खर्च घटाउने सम्बन्धी मापदण्ड कार्यान्वय प्रक्रिया अगाडि बढाइएको हो ।
Advertisement 1
अर्थ मन्त्रालयले बनाएको चालू खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९ मा मन्त्रालयको विभिन्न १७ क्षेत्रका चालु खर्च शीर्षकका बजेट कटौती गर्न लागिएको हो ।
अर्थले खर्च घटाउने सम्बन्धि मापदण्ड कार्यान्वयनका लागि मन्त्रालय मातहतका बिभिन्न महाशाखालाई परिपत्र गरेको छ ।
जसअनुसार,मन्त्रालयले अतिआवश्यक बाहेकका सेमिनार, तालिम, गोष्टी नगर्ने र गर्ने पर्ने भए सरकारी मापदण्ड भन्दा बढी लागत स्टीमेट स्वीकृत नगर्न र यस्ता कार्यक्रम गर्दा मन्त्रालयका सभा कक्ष वा अन्य सरकारी निकायका भवनमात्र प्रयोग गर्ने मातहतका निकायलाई निर्देशन दिइएको छ ।
Advertisement 2
यस्तै स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करार र ज्यालादारीमा कामकाजमा कर्मचारी नियुक्त नगर्ने परिपत्रमा उल्लेख गरिएको छ ।
मन्त्रालयकै जनशक्तिबाट सम्पादन हुन सक्ने कामको लागि बाह्य परामर्श सेवा खरिद नगर्ने र मन्त्रालयका बैठकहरु कार्यालय समयभित्र गर्दै भत्तामा हुने खर्च कटौती गर्ने मापदण्डमा समावेश गरिएको छ ।
Advertisement 3
अर्थले हालै स्वीकृत गरेको नयाँ मापदण्डमा आगामी आर्थिक वर्षमा बजेट निर्माणमा संलग्न कर्मचारीको अतिरिक्त भत्ता ५० प्रतिशतले कटौती गरिने भएको छ ।
यस अघि बजेट निर्माणमा संग्लग्न कर्मचारीहरुलाई ६ सयका दरले भत्ता दिँइदै आएकोमा अब घटाएर तीन सयमा झार्न लागिएको हो ।
कुन कुन शीर्षमा हुनेछ,बजेट कटौती ?
१) अति आवश्यक बाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरुत्साहित गर्ने।
२) दुइपांग्रे र चार पांग्रे सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल र लुब्रिकेन्ट फेर्ने। प्रत्येक पटक सर्भिसिङमा मोबिल लुब्रिकेन्ट फेरी रहनुनपर्ने हुनसक्छ।
३) कार्यालयमा प्रयोग भएका पर्दा, कार्पेट तथा फर्निसिङको सामाग्रीको उच्चतम प्रयोग गर्ने, सम्भव भएसम्म नयाँ सामान खरिद नगर्ने।
४) सकेसम्म कार्यालय सामाग्रीको सन्दर्भमा बैकल्पिक र किफायति सामानको प्रयोग गर्ने।
५) पत्रिका खरिदका लागि नयाँ सदस्यता नलिने तथा नवीकरणका लागि रेस्नल संख्यामा नवीकरण गर्ने।
६) मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धि पुस्तक वा अन्य पुस्तक छाप्न निरुत्साहन गरी वेभसाइटमा राख्ने।
७) अति आवश्यक बाहेक सेमिनार, तालिम गोष्ठी नगर्ने र गर्नै पर्ने भए सरकारकी नर्म्सभन्दा बढी भएका लागत स्टिमेट स्विकृत नगर्ने।यस्ता कार्यक्रम गर्दा मन्त्रमालयका सभाकक्ष र अन्य सरकारी निकायको भवन प्रयोग गर्ने।
८) सबै महाशाखाका लागि छुट्याएका कार्यक्रमको प्राथमिकीकरण गरी अति आवश्यक कार्यक्रमहरु मात्र गर्ने। चालु आर्थिक वर्षमा स्विकृत कार्यक्रम पुनरावलोकन गरी अहिले नगर्दा पनि हुने कामलाई स्थगित गर्ने।
९) बैठक र अतिथि सत्कारका लागि छुट्याएको बाहेक, खाना खाजा सरकारी खर्चबाट भुक्तानी नगर्ने, बजेट निर्माणका समयमा अतिरिक्त बिहान बेलुका काम गर्ने आएको प्रतिदिन ६ सयलाई ३ सय मात्र दिने।
१०) अति आवश्यकविना एसी, हिटर, पंखाको प्रयोग नगर्ने।
११) बोतलको पानीलाई निरुत्साहित गरी जारको पानी प्रयोगलाई प्रोत्साहन गर्ने।
१२) कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गरेर प्रयोग गर्ने।
१३) अनावश्यक विज्ञापन, सूचना प्रकाशन तथा पत्रपत्रिकालाई निरुत्साहन गर्ने।
१४) स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको बाहेक करार तथा ज्यालादारीको कामदार नराख्ने।
१५)मन्त्रालयको विद्यमान जनशक्तिबाट सम्पादन हुन सक्ने कामका लागि बाह्य परामर्श सेवा खरिद नगर्ने।
१६) बैठकहरू कार्यालय समयभित्र गर्ने व्यवस्था मिलाउने। कार्यालय समयभित्र गर्न नसकी अगाडि वा पछाडि बस्नुपर्ने भएमा नगरी नहुने मात्र गर्ने।
१७) अति आवश्यकबाहेक थोरै र पटके रुपमा प्रयोग हुने सामान स्टक नराख्ने।