लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै परीक्षा स्थगित

लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरेको छ। कोरोना भाइरस ओमिक्रोन भेरियन्टका कारण संक्रमण तीव्र भएपछि सबै परीक्षा स्थगित गर्ने निर्णय बिहीबार लिएको हो। देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।

Advertisement 1

आयोगले माघ ११ गतेदेखि उपसचिव तहको परीक्षा निर्धारण गरेको थियो। अरु विभिन्न निकायका परीक्षा पनि माघ महिनाभर सञ्चालन हुने गरी निर्धारण भएको थियो। आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ माघ ६, बिहीबार १७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry