सन् २०२४मा साढे ११ लाख विदेशीले नेपाल भ्रमण गरे
काठमाडौं। सन् २०२४ मा करिब साढे ११ लाख विदेशी नेपाल घुम्न आएका छन्। वर्षको अन्तिम दिन मंगलबार बिहानसम्मको तथ्यांकअनुसार यस वर्षमा ११ लाख ४७ हजार २४ जना पर्यटक नेपाल आएका हुन्।
Advertisement 1
नेपाल पर्यटन बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको जानकारी दिए। सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए।
कोरोना महामारीपछिका वर्षहरुमा सबै भन्दा बढी पर्यटक यही वर्ष नेपाल आएका हुन्। सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो। राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटिओ)को पछिल्लो ६ महिनाको तथ्यांकअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ।
Advertisement 2
नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो।