गरिमा विकास बैंकद्धारा ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा सार्वजनिक
गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ ।
Advertisement 1
कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित (Fixed) ११.९९ प्रतिशत रहने बैकले जनाएको छ ।
११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
Advertisement 2
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक र गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।