निजामती सेवाको उर्वरभूमि :- गुल्मीबाटै ८,अर्घाखाँची र स्याङ्जाबाट थपिए ६/६ उपसचिव
मंगलबार लोकसेवा आयोगले उपसचिवको नतिजा सार्वजनिक गर्यो । जहाँ ८३ जना उपसचिव सिफारिस भएका छन् । आयोगका अनुसार सामान्य प्रशासनतर्फ आप्र तर्फ ४१, न्याय सेवा कानून समूह २, सरकारी वकिल समूह २, खुला तर्फ न्याय समूह ३, कानून समूह १, सरकारी वकिल समूह २, प्रशासन लेखामा २, राजश्वमा ३, आप्रतर्फ नै लेखापरिक्षण सेवामा ३, खुला तर्फ नेपाल प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहमा २०, लेखामा १, राजश्वमा १, खुलाकै लेखापरिक्षण सेवामा १, नेपाल व्यवस्थापिका संसद सेवा अन्तर्गत खुलाको दलित कोटामा १ गरि ८३ जना सिफारिस गरेको छ । ८३ जना उपसचिव थपिँदा १९ जना महिला उम्मेद्धारले नाम निकाल्न सफल भएका छन्। जसअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा ५ जना थपिएका छन् । १ सरकारी वकिलमा २ जना महिला सिफारिस भएका छन् ।
Advertisement 1
यस्तै निजामती सेवाका लागि उर्वर भूमि मानिएको गुल्मीबाट मात्र ८ जना परे । आप्रतर्फ सिफारिस ४१ मध्ये गुल्मीका ४ जना, नेपाल लेखापरीक्षण सेवामा १ जना, नेपाल न्याय सेवा अन्तर्गतको सरकारी वकिल समूहमा सिफारिस २ छन् । त्यस्तै खुल्ला तर्फ न्याय सेवा कानून समूहमा १ जना गुल्मेली सिफारिस भएका छन् ।
सामान्य प्रशासन समूहमा सिफारिस हुनेमा रामप्रसाद ज्ञवाली रुरु–४, भुवन पाण्डे रेसुङ्गा–१०, बाबुराम घिमिरे, धुर्कोट ७ र खुमलाल भुसाल मदाने २ रहेका छन् । त्यस्तै लेखापरिक्षण सेवामा कल्पना अर्याल पोख्रेल मदाने–३ तथा नेपाल न्याय सेवा अन्तर्गतको सरकारी वकिल समूहमा सविता शर्मा धुर्कोट ५ र मुना पौडेल मालिका ८ रहेका छन् । यस्तै खुल्ला तर्फ न्याय सेवा कानून समूहमा गुल्मीको मालिका ८ की विमला पौडेल रहेको आयोगले जनाएको छ । त्यस्तै अर्घाखाँची र स्याङजाबाट ६र६ जना, काठामाडौं र भक्तपुरबाट बाट ५÷५ जना, सुर्खेतबाट ४ जना सिफारिस भएका छन् ।
Advertisement 2
अर्घाखाँचीबाट खुला तर्फ नेपाल प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहमा सन्धिखर्क ३ का पुस्कर राना सिफारिस भएका छन् भने आन्तरिक तर्फ मालारानी ४ का वासुदेव खनाल, सितगंगा ६ का सरोजकुमार पोख्रेल, छत्रदेव ७ का कमलप्रसाद पाण्डे, सन्धिखर्क ७ का सिर्जना शर्मा र सन्धिखर्क १ का मातृका आचार्य सिफारिस भएका छन् ।
स्याङजाबाट खुला तर्फ नेपाल प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहमा हरिनाश २ का रामबन्धु शर्मा, लेखा समूहमा पुतलीबजार ३ का याम नारायण शर्मा, आन्तरिकतर्फको सामान्य प्रशासन समूहमा वालिङ्ग ११ की कोमल पराजुली, चापाकोट ५ का हुमनाथ पराजुली, भिरकोट २ का अनुप केसी, पुतलीबजार १३ का प्रेम सुवेदी सिफारिस भएका छन् ।
Advertisement 3
काठमाडौंबाट खुला तर्फ सामान्य प्रशासन समूहमा चन्द्रागिरी १४ का नवराज जैसी, अपाङ्गमा कागेश्वरी मनहरा ७ का लेवनकाश्यप अधिकारी, राजश्व समूहमा काठमाडौं १० का गोविन्दराज आचार्य, आन्तरिक तर्फ टोखा ११ का मेघनाथ रिमाल, कागेश्वरी मनोहरा ८ का अमृतकुमार धिताल सिफारिस भएका छन् ।