परराष्ट्रका यी तीन सह सचिवलाई राजदुत नियुक्त गर्ने सरकारको निर्णय
सरकारले तीन देशमा राजदुत नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले परराष्ट्रमन्त्रालयका तीन जना सहसचिवहरुलाई राजदुत नियुक्त गर्ने निर्णय गरेको हो । जसमा तपस अधिकारी,रामकाजी खड्का र गेहेन्द्रराज भण्डारी छन् । अधिकारीलाई पाकिस्थान,खड्कालाई जर्मनी र भण्डारीलाई बेल्जियमका लागि राजदुत नियुक्त गर्ने निर्णय गरेको हो ।
Advertisement 1
सहसचिव राजभण्डारी परराष्ट्रमन्त्रालयमा शिष्टाचार महापाल,खड्का राहदानी विभागका महानिर्देशक र अधिकारी दक्षिण पूर्वी एसिया र प्यासेफिक डिभिजनका प्रमुखका रुपमा मन्त्रालयमा कार्यरत छन् ।
प्रकाशित :२०७७ भाद्र २, मंगलवार ०६:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%