चुच्चे नक्सा देखाउँदै भोट माग्दै नापीका कर्मचारी
नापी विभागका पूर्व कर्मचारी नेपालको नयाँ नक्सा देखाउँदै भोट माग्नमा व्यस्त छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका ईश्वर अर्याल नापीका पूर्व कर्मचारी हुन । सरकारी सेवामा अझै १६ वर्ष जागीर बाँकी छँदै उनी राजीनामा दिएर राजनीतिमा होमिएका हुन् ।
Advertisement 1
उनी नेपालको कालापानी,लिपुलेक समेटिएको नयाँ चुच्चे नक्सा देखाएर मतदातासँग भोट माग्नमा व्यस्त छन् । नापी विभागबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका अर्यालले नेपालको चुच्चे नक्सा बाँड्दै भोट मागेका हुन् ।
उनले यसअघि मुलुकका सातवटा जिल्लाका ७७ वटा विद्यालयमा नेपालको पछिल्लो नक्सा निःशुल्क उपलब्ध गराएका थिए । अहिले सो क्षेत्रका मतदातासँग भोेट माग्ने क्रममा घोषणापत्रसँगै चुच्चे नक्सा बाँडेका छन् । चुनावी प्रचारका क्रममा उनले देशको सीमाबारे जानकारी दिँदै आफ्नो एजेण्डा सुनाउने गरेका छन्