लमजुङ छाडेको बर्षौ बित्दा पनि चर्चा उनीहरू कै
अञ्जनकुमार
दुनियाँमा सबै मान्छे सबैका लागि प्रिय बन्न कहाँ सक्छन र । त्यसमा पनि कर्मचारी । अझ हाकिम । यता सिलायो उता उध्रिन्छ उता सिलायो यता उध्रिछ भने जस्तो । तर केही यस्ता पात्रहरु जो जीवनभर आम नागरिकको हृदय माझ बस्न सफल हुन्छन त कतिको नाम सुन्न पनि रुचाउँदैनन ? लमजुङबाट भर्खरै सरुवा भएर मन्त्रालय पुगेका सिडिओ रामकृष्ण अधिकारी जिल्लामा मात्रै हैन आफ्नै कार्यालयका कर्मचारीबाट समेत रुचाइएनन । दरै पावरले नौ महिना टिकेका अधिकारीलाई दुई महिनामै मिल्काउन नखोजिएको हैन । उनीमाथि दुई डुङ्गामा खुट्टा राख्दा पत्तै नदिइ मन्त्रालय तानिएको भन्ने चर्चा अहिले यहाँ चल्न थालेको छ । खैर यहीँ बसेका केही यस्ता पात्र जो न जनताले भुल्न सक्छन् न कर्मचारीले नै । जो हाकिम आएपनि चर्चा उनीहरूकै ।
Advertisement 1
२०२८ सालमा अड्डासार भएर सदरमुकाम कुन्छाबाट बेसीशहर झरेदेखि हालसम्म कयौ सिडिओ हेरफेर भए । कयौ सिडिओ बदनामी भ्रष्ट र अपराधी जस्तै बने । सिडिओ ईश्वरीराज पाण्डेय (०४५ देख ०४७) लाई सार्वजनिक स्थलमै बेसीशहरवासीले कालोमोसो, जुत्ताको माला र सुँगुरको पाठो नै बोकाएर खेदे । ०५९ तिर रातारात बाटो नलागेको भए शिवप्रसाद खनालको हालत पनि त्यस्तै हुन्थ्यो होला सायद। केही यस्तै पात्रहरूले बदनामी कमाएको जिल्ला प्रशासन लमजुङमा भ्रष्टाचारको गन्ध कुनैबेला झिंगेखोलाको दुर्गन्धभन्दा कम थिएन । नागरिकतामा नाम बिगारिदिनै उनै, थर बिगारिदिने उनै । अनि सच्चाउन पर्यो भने मोटो रकमको मागदाबी गर्ने उनै । कुनैबेला गज्जबको खेलोमेलो थियो । तर सुधार्न चाहने हो भने धेरै कुरा सुधार्न सकिदो रैछ भन्ने केही उदाहरण झकनाथ ढकालले छोडेर गए ।केही कुतत्वका लागि उनी मन परे वा परेनन् तर आम नागरिकको लागि उनी आत्मीय बने । सेवाग्राहीहरुले कहिल्यै दुखानुभूती गर्न परेन । बीचको समय त्यस्तै भयो । झककै ब्याजले जिल्ला चलेको थियो । कृष्णप्रसाद शर्माले (हाल गुल्मीका सिडिओ) त्यसको उचाई ह्वात्तै बढाई दिए । निकै सरल, यहाँ, त्यहाँ कतै नभन्ने जनसेवामा जनताको दैलोमै पुग्ने । लमजुङको दुरदराजमा रहेका कयौ अनागरिकहरु नागरिक बने । ८० कटिसक्दा पनि नागरिकता नपाएर सामाजिक सुरक्षा भत्ताबाट समेत बन्चित नागरिकहरुका लागि शर्मा भगवान सिद्ध मानिए । कार्यालय सुधारदेखि जिल्लाका अन्य कार्यालयमा उनको अनुगमन, कार्य सम्पादनमा हुने ढिलासुस्तीलाई शर्माले न्यूनीकरण गराए । जसले गर्दा उनी नागरिकको त प्रिय बने नै हरेक कर्मचारीलाई साँच्चिकै अभिभावकको महसुस गराए ।
कोरोना, अनि बाढीपैरोले लथालिङ्ग पारेको बेला पहिलो होमप्रसाद लुइँटेलको आगमन भयो । पहिलो पटक प्रथम श्रेणीका सिडिओ । गृहको पनि पहिलो अनुभव । सक्कली सुनलाई कसी लगाउन पर्दैन भनेझैं त्यो महामारीको बेला पनि लुइँटेलले लय समातीहाले । निकै सादगी जीवन शैलीका लुइँटेलको कार्य शैलीप्रति निकै प्रभावित बने आम नागरिक । आफ्नै ट्वासीले भाँझो हाल्न खोजेपनि अन्य कर्मचारीको साथ सहयोगले त्यस्तो बेलापनिब बस्तीबस्तीमा राहत सामाग्री लिएर आफै पुग्ने र प्रत्यक्ष जनताको दुखदर्दमा सामेल बनेका लुइँटेललाई आफु ओझेलमा परेको महसुस गरेका केही राजनीति कुपात्रहरुले रुचाएन । पाँच महिनामै सरुवा भएपनि लमजुङका हरजनताको मनमस्तिष्कमा बस्न सफल भए ।
Advertisement 2
जहाँ पुगेपनि लमजुङका जनताको ढुकढुकी बनेका अर्का पात्र हुन डियसपी कृष्णबहादुर कार्की । प्रहरी संगठनभित्रका विचित्रकै पात्र । अदभूत पात्र । प्रहरी सगठन भित्र साहेद यस्ता पात्र कोहि होलान र । जसको चर्चा जति गर्दापनि कमै हुने ठान्छन डिआईजी बुद्धि गुरुङ । साच्चिकै कर्मठ प्रहरी अफिसर मान्छन एआईजी उत्तम सुवेदी । जिल्ला प्रहरी कार्यालय लमजुङ पुग्ने जो कोही पनि झट्ट हेर्दा प्रहरी कार्यालय हो र भन्ने भ्रममा पर्छन । प्रहरी कार्यालय भित्र सकभर मान्छेहरु पस्न नपरे हुन्थ्यो भन्छन् । तर लमजुङ जिप्रका भित्र छिर्न साथ छुट्टै प्रकारको आनन्दको अनुभुति गर्न सकिन्छ । कुनै स्टार होटेलको प्राङ्गण भन्दा कम आकर्षक देखिन्न । भौतिक सरचनाले निकै आकर्षक देखिने जिल्ला प्रहरी कार्यालयको आन्तरिक व्यावस्थापन कार्कीको पालामा निकै अब्बल बन्यो । आन्तरिक सुधारदेखि प्रहरीलाई हरतरहले चुस्त राख्न कार्कीको प्रयास अनि जनता र प्रहरी बीचको समन्वयकारी भुमिका, अपराधी घटना निमिट्यान्न, सामाजिक सेवाभावले ओतप्रोत कार्की आज लमजुङका हरेक जनता र प्रहरी अफिसरदेखि जवानसम्मको मनमनमा बस्न सफल छन । कुनाकाप्चाका चौकीदेखि थुप्रैपटक प्रहरी बिट बने । सुबिधा सम्पन्न खानेपानी, प्रहरी आवास,खाना पकाउने भाडादेखी ट्रेण्डसम्मको जोगाड गरे । कार्कीको बाँसना लमजुङमा मात्र हैन उनी जहाँ पुग्छन् त्यही चल्छ । यी अजीवकै प्रहरी अफिसर । कसैको दुस्खको दृश्य उनको नजरले पचाउनै सक्दैन । बाटोमा निस्कदा कोही उनको खल्ती रित्तिएको उनलाई पत्तो नै हुन्न । त्यसैले त प्रहरी निरीक्षक जगदीश रेग्मी हुन वा जनक रेग्मी, बेद नारायण श्रेष्ठ हुन वा बिष्णु बिक वा वरिष्ठ प्रहरी नायब निरीक्षक बाबुराम ढकाल हुन वा दिपक राना, सिनियर अफिसरदेखि प्रहरी जवान कार्कीको डिस्नेरीमा भेदभावको कुनै अक्षर थिएन । कार्कीले कुनै राजनीति पार्टीका मान्छेलाई चिडाउने काम गरेनन् ।
Advertisement 3
कसैलाई यो उ को नजरले हेरेनन । आफुलाई जनताको नोकर ठाने । र त बेसीशहर नगरपालिकाका मेयर गुमान सिह अर्याल, हुन वा क्व्होलाथोथर गाउँपालिकाका अध्यक्ष सुर्य प्रसाद गुरुङ यस्ता प्रहरी अफिसर न हिजो आए न अब नै आउँछन भन्छन् । कसैको लोभ गरेनन । लमजुङ पसेकाहरुले राम्रै कमाउने भनिएपनि आफू खुसी दिएको केही रकमपनि फिर्ता गर्ने कार्की मात्रै भएको एक व्यावसायी बताउँछन् । आज सरुवा भएर अनेत्र पुग्दापनि कर्मका कारण त्यस्तै चर्चामा रहेका अर्का पात्र हुन पुर्वाधार विकास कार्यालयका हाकिम इन्जिनियर सुमन गिरि ।भौतिक पुर्वाधार बिकासे अड्डा । दुनियाँको आखी अड्डा । झन्झटिलो र अपजसको भारीलाई थाप्लोमा राखेर अनेकौं गन्थनलाई पैतालाले कुल्चनु पर्ने जिम्मेवारी । आफ्नै कर्मचारीहरु समेत वैरी बन्ने । अरुका त के कुरा । ठेकेदार कार्यालय प्रमुखलाई असफल बनाउन त्यस्तै लाग्ने । बिचौलियाहरुको फन्को त्यही कार्यालयतिरै हुने । राजनीति दल र तिनका नेताहरु आफ्नो स्वार्थलाई कसरी मोलमोलाइ गर्न सकिन्छ भन्ने । यी यावत उल्झनका बाबजुद सुमनको वाककला, दुरदर्शिता, समभाव, वस्तुवादी चरित्रका कारण निकै सफल हाकिम मात्रै बनेनन राष्ट्र सेवक कर्मचारी र सेवाग्राहीका बीच अत्यन्तै लोकप्रिय बने । अर्थ नै खोज्ने हो भने सुमनको अर्थ असल मन, राम्रो मन । संगत गर्ने जो कसैलाई उनको नाम अनुसार को व्यावहारमा कुनै शकानै छैन । यति असल नियत जसको सगतले सकारात्मक उर्जा भन्दा अरु केही प्रदान नै गर्दैन । एउटा इन्जिनियरपनि यस्तो सरल र सहज हुन्छ र भन्ने लाग्छ । हुन पनि उनी छन त्यस्तै ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोजाइमा परेर लमजुङ भित्रिएका सुमनले अलपत्र कयौं यस्ता योजनाहरुलाई सहज रुपमा तुरे । दर्जन मोटरेवल पुलदेखि ढलान बाटो, झोलुङ्गे पुल बने । उनको कार्यकालमा शुरु भएका कुनै योजनाहरुपनि अलपत्र परेनन्, । कार्यालय प्रमुखका कारण काम गर्न असहज कसैले महसुस गरेनन् । संघर्षको भुङ्रोबाट खारिएर स्पात बनेका सुमन उमेरका आधारमा पाको मानिन्थे भने कच्चा ठानिन्थे होलान् । तर उनमा जुनप्रकारको परिपक्वता थियो यो उमेरमा सायदै कसैको हुन्थ्यो । तसर्थ त लमजुङ छाडेर हिड्दै गर्दा उनका कार्यालयका कर्मचारीले एउटा दरिलो अभिभावक खोसिएको महसुस गरे । बिदाईमा कोही हर्षित देखिएनन । सबैका प्रिय पात्र सुमनमा हाकिम हु भन्ने अहमता केही रत्तिपनि नभएको भुपेन्द्र पौडेल देखि केही समय उनकै कार्यालयका लेखा अधिकृत बलबहादुर अछमी बताउँछन् । के कार्यालय सहयोगी के आफू विभेदको कुनै आइनोकाइनो नै छैन उनमा । लमजुङबासीमा प्रिय बनेका सुमनको लोकप्रियताको ग्राफ स्याङ्जामा झन झाँगिएको निजामती कर्मचारी सगठन स्याङ्जाका वरिष्ठ उपाध्यक्ष रमेश बिश्वकर्मा बुझाई छ । लमजुङमा चलेको बास्नाले स्याङ्जा मात्रै रग्मगिन्न, कस्तुरीको बिनाको महत्त्व जसरी अरुलाई हुन्छ सुमनको महत्त्व त्यसरी नै चुलिदों छ ।