निजामती सेवामा गुल्मीको एक पछाडि अर्काे रेकर्ड ब्रेक

ऋृषि भट्टराई

Advertisement 1

निजामती क्षेत्रमा गुल्मी जिल्लाले एक पछाडि अर्काे रेकर्ड तोड्दै गएको छ । अघिल्लो आर्थिक बर्ष ०७९/ ८० मा निजामती सेवातर्फ सञ्चालित विभिन्न लिखित परीक्षाहरुमा गुल्मीले आफ्नो वर्चश्व कायम गरेको थियो । लोकसेवा आयोगको ६४ औँ प्रतिवेदन अनुसार २०७९/ ८० मा सञ्चालन भएका परीक्षामा गुल्मीकै वर्चश्व कायम गरेको थियो ।

सो अवधिमा निजामती सेवातर्फ महिला १ हजार ९९ र पुरुष २ हजार ५ सय ७५ गरी कुल ३ हजार ६ सय ७५ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएकामध्ये सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने जिल्ला बनेको थियो गुल्मी ।

Advertisement 2

सोही गुल्मी जिल्लाकै धुर्कोट गाउँपालिका ५ का रमेश भण्डारीले केही अगाडि मात्र लोक सेवा आयोगले लिएका १० परीक्षामा एकै बर्ष उत्र्तीण भएर रेकर्ड कायम गरेका थिए ।
भण्डारीले गण्डकी प्रदेश स्थानीय पाचौं तह प्रशासन लेखा , संघको नायब सुब्बा प्रशासन समूह, संघकै नायब सुब्बा लेखा तथा लेखापरीक्षण समूह, कृषि विकास बैंकको पाचौ तह सहायक, गण्डकी प्रदेश चौथो तह, विद्युत प्राधिकरण पाचौं तह लेखा समूह, नेपाल विद्युत प्राधिकरण चौथो तह का अलवा नेपाल टेलिकम छैटौ तह सहायक व्यापार अधिकृत, नेपाल टेलिकम चौथो तह उत्तीर्ण गरेका उनी शाखा अधिकृत लेखा समूहमा उत्तीर्ण भई सिफारिससमेत भइसकेका छन् ।

हालैमात्र सोही जिल्लाबाट मनिषा जिसी (विष्णु घर्ती)ले अर्काे चर्चा कमाइरहेकी छिन् । उनले एकै बर्षमा लोकसेवाले लिइएका विभिन्न पाँचवटै परीक्षामा पास भएर सफलता हासिल गरेसँगै उनको चर्चा चुलिएको हो ।

Advertisement 3

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षमा लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा उत्र्तीण गरेकी हुन ।

जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेर सफलता हासिल गरेसँगै उनको चर्चा चुलिएको हो ।

 

प्रकाशित :२०८० माघ ४, बिहीबार १५:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry