”गोसाइँले ह्वात्तै बढाए आँखा अस्पतालको सार्ख”

अञ्जनकुमार। असल कर्म गर्नेहरु समयको बाछिटाले जता हुत्याए पनि धर्मको कर्ममा मर्म नबुझ्नेहरु कहाँ हुन्छन् र। चाहे त्यो पश्चिम नेपालको रोल्पा रुकुम बस्दा होस् वा जिल्ला सामुदायिक अस्पताल लमजुङमा बस्दा होस्, धर्मको कर्म भनेको सस्थालाई सदा निर्जीव बनाउने, कर्म द्वारा नागरिकको मर्मलाई आत्मसात गर्दै सेवामा दत्तचित्त भइ लाग्ने भएकाले नै होला नागरिक हरु माझ आदर र सम्मान का पात्र बनेका छन् नेपाल आँखा अस्पताल त्रिपुरेश्वर का कार्यकारी अधिकृत धर्मराज गोसाइँ।
Advertisement 1
नेपाल भारत मैत्री अस्पताल चाबहिलमा समेत कार्यकारीको भूमिका निर्वाह गरिसकेका गोसाइँको सरल स्वभाव तर कर्तव्यमा कडामिजास सायद यही कारण होला उनले जहाँ हात हाल्छन त्यहाँ फलिफापको सुगन्ध ले कीर्तिमान को एउटा शिखर उक्लेकै हुन्छ। सायद त्यही भएर होला, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर यस बर्षको बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कारका लागि सम्मान योग्य ठहरिएको छ।
सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा देखिदै आएको केन्द्रीय मानन्धर संघ नेपालको ७३ औं स्थापना दिवशको सु अवसरमा काठमाडौंको स्वयम्भुमा आयोजित एक समारोहमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल तथा प्रा. जगदिश नारायण मानन्धरले सो अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसाईलाई सम्मान स्वरुप उक्त पुरस्कार हस्तान्तरण गरेका थिए। कार्यक्रममा अस्पतालका कोषाध्यक्ष अनिल प्रसाद गोर्खाली सहित अन्य कर्मचारी, मानन्धर संघका पदाधिकारी तथा देशैभरीका प्रतिनिधिहरु सहभागी थिए। अध्यारोबाट उज्यालो तर्फको महान अभियानका साथ ५२ वर्ष अघि नेपालकै जेठो आँखा अस्पतालको रुपमा स्थापित नेपाल आँखा अस्पतालले स्थापनाकालदेखि समुदायलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दैआएको यस अस्पतालले आँखा सम्बन्धि उच्च स्तरीय अध्यापन तथा अनुसन्धान र प्रकाशन समेत गर्दै आएको छ।

Advertisement 2
यस अस्पतालमा हाल १६ जना पूर्णकालीन नेत्र विशेषज्ञ, चारजना फेलो नेत्र विशेषज्ञ सहित १ सय ५० जना जनशक्ति कार्यरत रहेका छन। अस्पतालले आँखा सम्बन्धी सबै प्रकारका सेवाहरु उपलब्ध गराउदै आएको छ। अस्पतालको बहिरँग सेवामा वार्षिक करिब २ लाख बिरामीले सेवा लिएका छन् भने, १५ हजार भन्दा बढीको शल्यक्रिया गरिएको छ।
गोसाइँको आगमन सगै अस्पताल मा थुप्रै सुधार का काम भएका छन। अस्पतालमा आउँने सबै बिरामीले अनिवार्य नेत्र बिशेषज्ञको सेवा पाउँने व्यवस्था गरिएको छ। नेपाल आँखा अस्पतालको ब्यवस्थापनले सबै किसिमका सेवाहरु सस्तो सुलभ र सरल किसिमले उपलब्धताको सुनिश्चितता गरेको छ। यो अस्पतालनै उपत्यकामा सबभन्दा सस्तो र गुणस्तरिय आँखा उपचार सेवा प्रदान गर्ने अस्पताल हो। अस्पतालको बहिरंग सेवामा आधा घण्टादेखि दुईघण्टामा उपचार सेवा सकिन्छ। एक घण्टा भित्र चश्मा बन्छ र शल्यक्रिया आफुले चाहेको दिनमा गर्न सकिन्छ।
Advertisement 3
अस्पतालको ब्यवस्थापनकै अग्रसरतामा अप्टीकल सप र फार्मेसीमा सुपथ मूल्यमा चश्मा र औषधि उपलब्ध छ।
अस्पतालले सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत वर्षैभरी निशुल्क आँखा परिक्षण, निशुल्क मोतिबिन्दुको शल्यक्रिया शिविर, बिद्यालय स्तरीय दृष्टि परिक्षण तथा चश्मा वितरण र डायबेटिक रेटिनोपेथी परिक्षण तथा छनौट शिविरहरु समेत सन्चालन गर्दै आईरहेको अस्पताल कार्यकारी अधिकृत गोसाइँले जानकारी गराएका छन्।।














