पूर्वसीडीओ गौतम अख्तियारको फन्दामा, १ करोड १४ लाख ६६ हजार भ्रष्टाचार

धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सीडीओ बसन्तराज गौतमसहित १३ जना अख्तियारको फन्दामा परेका छन् । धनुषाको भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको ज्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार गरेको उनीहरुविरुद्ध उजुरी परेको थियो ।

Advertisement 1

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी उनीहरुमाथी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा धनुषा तत्कालीन सीडीओ गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाउपर आरोपपत्र दायर गरेको हो ।

उजुरी छानबिन गर्दा सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनु पर्ने रकम किर्ते मोही खडा गरी मुआब्जा दिई उनीहरुले बदनियतसाथ १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

Advertisement 2

पूर्वसीडीओ गौतममाथि १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार ऐनबमोजिम कैद सजाय र असुलउपर गर्न माग दाबी गरिएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/08/बसन्तराज-गौतमसमेत-मिति-२०७९।०५।१५.pdf” title=”बसन्तराज गौतमसमेत मिति २०७९।०५।१५”]

प्रकाशित :२०७९ भाद्र १५, बुधबार १७:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम