सामाजिक सुरक्षा कोषले सस्तो व्याजदरमा ७५ लाखसम्म सापटी दिने

सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुलाई खुसीको खबर छ । अब कोषले योगदानकर्ताहरुलाई सस्तो व्याजदरमा ७५ लाखसम्म ऋृण दिने भएको छ । कोषले आइतबारमात्र ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेसँगै कोषमा आवद्ध भएका र विगत तीन बर्षदेखि योगदान गरिरहेका योगदानकर्ता यो सुविधाबाट लाभन्वित हुने भएका हुन ।
Advertisement 1
आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले निर्देशिका स्वीकृत गरेसँगै सस्तो व्याजदरमा झण्डै ७५ लाखसम्म सापटी लिने बाटो खुलेको हो ।
जसअनुसार,कोषमा कम्तिमा ३ वर्ष योगदान गरेका योगदान कर्तालाई ऋण पाउने भएका हुन । योगदानकर्ताहरुले कोषबाट ३५ लाख रुपैयाँसम्म शैक्षिक ऋण पाउनेछन् । यस्तै ७५ लाख रुपैयाँसम्म घर बनाउन समेत ऋृण पाउने भएका छन् ।
Advertisement 2
यस्तो ऋण योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि प्रदान गर्न सकिने कोषले जनाएको छ। विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, होस्टेल वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च, ट्राभल तथा बीमा खर्च बापत ऋण उपलब्ध गराउने छ।
यस्तो कर्जाको ब्याज भने सस्तो पर्ने कोषले जनाएको छ । कोषमा कम्तिमा तीन बर्ष रकम जम्मा गरेका, उमेर र सेवा अवधीको आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई यस्तो सापटी पाउनेछन् ।