प्रहरीका सई ३८ हजार घुससहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्लुङमा घुस लिने एक प्रहरी नायब निरीक्षक (सई)लाई नियन्त्रणमा लिएको छ।

Advertisement 1

गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई आयोगको पोखराबाट खटिएको टोलीले मंगलबार साँझ ६ः २५ बजे नियन्त्रणमा लिएको हो।

लेनदेनको केस मिलाइ दिने भन्दै सेवाग्राहीसँग रु. ३८ हजार घुस लिइसकेको अवस्थामा घुस रकमसहित महतोलाई बागलुङस्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Advertisement 2

प्रनानी महतोले म्याग्दी बस्ने धर्मकुमारी क्षेत्री र बाग्लुङमा मेकानिक्स काम गर्ने रमेश लिम्बुको लेनदेन मुद्दा मिलाउँछु भनेर घुस मागेका थिए ।

प्रकाशित :२०७९ बैशाख ७ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]