गरीब नेपालका धनी देउवाको घर : राजा महाराजाको भन्दा कम छैन्
प्रधान मन्त्री एवम् नेपाली काग्रेंस प्रभावबाली नेता हुन शेर वहादुर देउवा । उनी कांग्रेस भित्रकै धनीमध्य मानिन्छन् । बुढानिलकण्ठमा रहेको १२ – १५ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा आलिशान घर वनाएका देउवाको बसाई कुनै राजा महाराजाको भन्दा कम छैन् ।
Advertisement 1
मध्यमवर्गीय पृष्ठ भएका देउवाको पैतृक थलो डडेलधुरा हो । उनको काठमाण्डौको बुढानिलकण्ठमा २ तले घर रहेको छ भने त्यहाँ जम्मा ८ ओटा कोठा रहेको पारीवारीक स्रोतले जनाएको छ । देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।
वि. सं. २०२८ मा उनी नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित उनी वि. सं २०६४, वि. सं. २०७० र वि.स. २०७४ सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।