राष्ट्र बैंकले माग्यो ५० कर्मचारी, कसरी दिने आवेदन ?

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ । बैंकले शुक्रवार एक सूचना प्रकाशन गर्दै ५० जना कर्मचारी माग गरेको छ ।

Advertisement 1

बैंकले अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना गरी ५० जना कर्मचारी माग गरेको बैंकद्धारा प्रकाशित सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतिय प्रशासन तर्फ ३१ जनाको आवेदन माग गरेको छ । जसमा १७ जना खुल्ला,५ जना महिला,४ जना आदिवासी जनजाती,२ जना मधेशी,१ जना दलित र २ जना पिछडिएको क्षेत्रको लागि आरक्षण छ ।

Advertisement 2

क्बलष्mब द्यबलप एचष्यचष्तथ एबकक क्ष्लत्रगष्चथ
यस्तै सहायक निर्देशक अधिकृत तृतिय लेखामा ५ जना आवेदन माग गरिएको छ । जसमा ४ जना खुल्ला मागिएको छ भने १ सिट अपांग भएको व्यक्तिलाई आरक्षणको लागि छुटइएको छ ।

सहायक निर्देशक कानूनको लागि २ जना आवेदन माग गरिएको छ । जसमा १ जना खुल्ला र १ जना आदिवासी जनजातीको लागि आरक्षण गरिएको छ ।

Advertisement 3

यस्तै सहायक द्धितीय अन्तर्गत प्रशासनको लागि १० जना आवेदन माग गरिएको छ । जसमा ६ पद खुल्ला छ भने १ जना महिला,२ जना आदिवासी र १ जना मधेशीको लागि आरक्ष्ण छ ।

सहायक द्धितीय कानून अन्तर्गत २ पदको आवेदन मागिएको छ । जसमा १ जना खुल्ला र १ जना महिला सिट आरक्षण गरिएको छ

राष्ट्र बैंकले इच्छुक तथा योग्य उम्मेदवारलाई अनलाइन मार्फत पुस २३ गतेसम्म र दोब्बर दस्तुर तिरी माघ १ गते आवेदन दिन सकिने छ ।

प्रकाशित :२०७७ पुष ३, शुक्रबार १२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry