बैशाखको अन्तिम शुक्रबार एकै चरणमा स्थानीय तहको निर्वाचन

 

Advertisement 1

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । केहीबेर अघि बसेको क्याविनेट बैठकले आगामी वैशाख ३० गते शुक्रवारको मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने  निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगसँगको परामर्शमा प्रधानमन्त्री देउवा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए तर सो मितिभन्दा अगावै सरकारले निर्वाचन गर्न लागेको हो ।
यस अघि ०७४ सालमा सरकारले तीन चरणमा गरेर स्थानीय तहको निर्वाचन गरेको थियो । सो समयमा ३१ वैशाख , असार १४ र असोज २ मा निर्वाचन भएको थियो । यस पटक सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न लागेको हो । स्थानीय तह निर्वाचनको पाँच वर्षे कार्यकाल ०७९ जेठ ५ गते समाप्त हुँदैछ । यसअघि निर्वाचन आयोगले बैशाख १४ र २२ का लागि दुई चरणमा चुनावको मिति प्रस्ताव गरेको थियो ।

प्रकाशित :२०७८ माघ २४, सोमबार १७:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry