रसुवाको जनसङ्ख्या ४५ हजार ५५४, सबै भन्दा बढी नौकुण्डमा

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार रसुवाको जनसङ्ख्या ४५ हजार ५५४ पुगेको छ ।
Advertisement 1
राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार बाग्मती प्रदेशको रसुवामाजनसङ्ख्या पछिल्लो १० वर्षको अविधमा जम्मा २२५४ ले वृद्धि भएको देखिएको छ । यसअघि २०६८ सालको जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या ४३ हजार ३०० रहेको थियो । जिल्लामा ०.४९ प्रतिशतको दरले जनसङ्ख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
रसुवामा पुरूषको सङ्ख्या २२ हजार ८५९ तथा महिलाको सङ्ख्या २२ हजार ६९५ रहेको छ । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक प्रतिवेदनमा गोसाईकुण्ड गाउँपलिकाको ८ हजार ४३ जनसङ्ख्या रहेको छ । गाउँपालिकामा ४ हजार ७१ पुरुष र ३ हजार ९७२ महिला छन् । तथ्याङ्कअनुसार कालिका गाउँपालिकामा १० हजार १७२, नौकुण्डमा १२ हजार ९५,आमाछोदिङ्मो गाउँपालिकामा ६ हजार ६७३, उत्तरगया गाउँपालिकामा ८ हजार ५७१ जनसङ्ख्या छ ।
Advertisement 2