औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको छ। करीव साढे तीन महिना अघि विभागबाट राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशक बनाइएका भट्टराई पुन विभागमा फिर्ता भएका हुन् ।
Advertisement 1
महानिर्देशकमा रहेका नारायण ढकाललाई सरुवा गर्दै मन्त्रालयले भट्टराईलाई जिम्मा दिएको मन्त्रालय प्रशासन महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ढकाललाई औषधि प्रयोगशालामा पठाइएको छ।
भट्टराई महानिर्देशक बन्दा विभागका महानिर्देशक रहेका नारायण प्रसाद ढकाल प्रयोगशाला प्रमुख बनाएर पठाइएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए ।
Advertisement 2
सचिवका अनुसार केन्द्रीय कारागार अस्पतालका राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रकी निर्देशक डा सुधा देवकोटालाई पठाइएको छ । एड्स रोग नियन्त्रण केन्द्रमा नारायणी अस्पतालका निर्दैेशक डा सञ्जय ठाकुरलाई ल्याइएको छ ।राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा श्रीराम तिवारीलाई पठाइएको छ ।













