भोलि सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले भर्खरै सार्वजनिक गरेको सूचनामा उक्त व्यहोरा उल्लेख छ ।
Advertisement 1
मन्त्रिपरिषद्ले भोलि पुस १५ गते बिहीबारका दिन तमु ल्होसार परेको हुनाले सो अवसरमा देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक नियोगहरुम समेत सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयको सूचनामा उल्लेख छ ।
भोलिको लागि उता गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा बिदा दिने निर्णय गरिसकेको छ । यसअघि नेपाल सरकारले यो वर्षको सार्वजनिक बिदासूची सार्वजनिक गरेको बखत सम्बन्धित धर्मावलम्वीहरुलाई बिदा दिने निर्णय गरेको थियो ।
प्रकाशित :२०७८ पुष १४, बुधबार १९:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%