एकैपटक बढुवा भएका कार्कीको पदस्थापना हुँदा २ सचिब अतिरिक्तमा
सरकारले एकै पटक बढूवा भएका तीन सचिवमध्ये एक जनालाई पदस्थापन गरेको छ भने बाँकी दुईलाई अत्तिरिक्तमा राखेको छ । गत बुधबार साँझ वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एकै पटक तीन जनालाई सचिवमा बढुवा गरेको थियो ।
सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्की सचिवमा बढूवा भएका थिए । कृषि तथा वन सेवाबाट डा योगेन्द्र कुमार कार्की, नेपाल इन्जिनियरिङ सेवातर्फबाट सुरेश आचार्य र गोकर्णमणि दुवाडीको बढूवा गरेको थियो ।
बढूवा भएकामध्ये सोमबार कृषि मन्त्रालयमै डा योगेन्द्र कुमार कार्कीलाई पदस्थापन भएको छ । सँगै बढूवा भएका कार्की कृषि मन्त्रालयमा पदस्थापन हुँदा दुवाडी र आचार्यलाई अत्तिरिक्तमा राखिएको छ । अहिले दुबै सचिवहरु प्रधानमन्त्री कार्यालयमा हाजिर गरिरहेको छन ।
प्रकाशित :२०७७ मंसिर १६, मंगलवार ०९:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%