एक सचिव पदका लागि ३ जनाको नाम सिफारिस,कस्को होला पल्लाभारी ?
कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिवका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको हो । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय डा कृष्ण प्रसाद आचार्य, पेमनारायण कँडेल र निरु दाहाल पाण्डेको नाम कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि सिफारिस गरेको हो ।
Advertisement 1
सिफारिसभएकामध्ये डा आचार्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका सचिव छन् भने कँडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र पाण्डे प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत छिन् । आचार्य र कँडेलमध्ये एक जना सचिवमा सिफारिस हुनेछन् ।
प्रकाशित :२०७७ मंसिर १५, सोमबार १३:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%