यी हुन अन्तर स्थानीय तह कामकाजका लागि खटाइएको १६१३ कर्मचारी (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १६१३ कर्मचारीहरुको अन्तरस्थानीय तह सरुवा गरेको छ ।

Advertisement 1

गत वैशाख ८ गतेदेखि २० गतेभित्र अनलाइनबाट निवेदन प्राप्त भएका तीन हजार बढी आवेदनमध्येबाट १६१३ जनाको अन्तरस्थानीय तह सरुवा गरिएको सामान्यले जनाएको छ । सामान्य प्रशासनका अनुसार एकै व्यक्तिले सात पटकसम्म निवेदन दिँदा तीन हजारको संख्यामा अनलाइनबाट सरुवा आवेदन प्राप्त भएकोमध्ये काँटछाट गरि १६१३ जनाको सरुवाको सूची सार्वजनिक गरिएको हो ।

लोकसेवा आयोगबाट सिफारिसमा स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ अनुसार ती कर्मचारीको सरुवा गरिएको हो ।

Advertisement 2

स्थानीय तहमा समायोजन भएका कतिपय कर्मचारीले घर पायक नभएकाले र कतिपयले अरू विविध कारणले सरुवाको माग गरिरहेको थिए । उनीहरुकै माग बमोजिम दोहोरो सहमति जुटाई निवेदन दिएकाहरुको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ०७८ मंसिर १९ र २० गतेको निर्णय अनुसार उनीहरुलाई कामकाजका लागि खटाइएको मन्त्तालयले जनाएको छ ।
सामान्यका अनुसार ५७ जनाको हकमा भने मापदण्ड अनुसार कागजात नभएको जनाइएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/12/Notices-20211207134751128.pdf”]

प्रकाशित :२०७८ मंसिर २१, मंगलवार १४:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम