वन तथा वातावरण राज्यमन्त्रीमा जसपाका नेता दीपक कार्की नियुक्त, सोमबारै सपथ ग्रहण पनि गराइयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको सपथ पनि गराइएको छ ।
Advertisement 1
जसपाले यसअघि नै धनुषा निर्वाचन क्षेत्र नम्बर एक बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री कार्कीलाई प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ ग्रहण गराएका हुन् ।
प्रकाशित :२०८० चैत्र १२, सोमबार १८:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%