अब उपसचिवभन्दा तलका कर्मचारी सरुवाको अधिकार निजामती किताबखानालाई

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा वा बढुवामा केन्द्रित मन्त्रालयमा रह्यो लामो समयसम्म । अब बिगतको यो छविलाई सुधार्न मन्त्रालयले कर्मचारी सरुवाको अधिकार आफू मातहतकै निजामती किताबखानालाई दिने तयारी चल्दैछ ।
यस अघि मन्त्रालय कर्मचारीको क्षमता विकासमा भन्दा बाह्रै मास कर्मचारी सरुवामा मात्र केन्द्रित रहेको भन्दै कर्मचारी वृत्तमै आलोचित हुँदै आएकोमा अब मन्त्रालयले उपसचिवभन्दा तलका कर्मचारीहरुको सरुवाको अधिकार आफैं मातहतको राष्ट्रिय निजामती किताबखानालाई दिन लागेको हो ।मन्त्रालयले एउटा कमिटि नै बनाएर यसबारे भित्रि रुपमा गृहकार्य गरिरहेको छ ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयकै नामै फेर्ने देखि प्रशासनिक सुधारका काम प्रारम्भ गरेको हो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रुपमा राजेन्द्र श्रेष्ठको ‘इन्ट्री’ गत २२ असोजमा भएसँगै उनले मन्त्रालयको नामै फेर्नैदेखि कर्मचारी सरुवाको अधिकार निजामती किताबखानालाई दिने गरी गृहकार्य अघि बढाएका हुन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवत्ता बसन्त अधिकारीको संयोजकत्वमा मन्त्रालयको प्रशासनिक सुधारका लागि भन्दै ५ सदस्यीय एउटा समिति नै बनेको छ । जस्ले मन्त्रालयको नाम परिवर्तन गर्नेदेखि मन्त्रालयको शाखा घटाउने,कर्मचारी सरुवाको अधिकार मन्त्रालयबाट राष्ट्रिय निजामती किताबखानालाई दिने लगायतका तयारी चल्दैछ ।

Advertisement 2

सहसचिव अधिकारीका अनुसार मन्त्री श्रेष्ठकै पहलमा यी काम भइरहेको छन् । ‘मुलुक संघीयतामा गएको यतिका बर्ष भयो तर प्रशासनिक संघीयतालाई संस्थागत गर्न आवश्यक कानुन र प्रशासनिक संरचना अझै तयार भएनन सोही कारण मन्त्रीज्यूकै अग्रसरतामा यो काम भइरहेको’ अधिकारीले सुनाउनुभयो । अधिकारीका अनुसार,यस्का लागि समितिले प्रतिवेदन तयार पारिरहेको छ । प्रतिवेदन छिट्टै मन्त्री श्रेष्ठलाई बुझाउने तयारी भइरहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी सरुवा बढूवाको काममा मात्र केन्द्रीत भएको भनेर कर्मचारीबाटै आलोचित हुँदै आइरहेको समयमा मन्त्रालयले उपसचिवभन्दा तलका पदहरु अर्थात अधिकृत, नायब सुब्बा र खरिदारको सरुवा गर्नसक्ने अधिकार राष्ट्रिय निजामती किताबखानालाई दिने तयारी भइरहेको छ ।
उपसचिवभन्दा माथि सहसचिवसम्मको सरुवाको अधिकार भने मन्त्रालयसँग रहनेछ ।

Advertisement 3

उहाँका अनुसार निजामती किताबखानाको नाम नै परिवर्तन गरी कर्मचारी व्यवस्थापन तथा अभिलेख व्यवस्थापन विभाग बनाइने गरी तयारी चल्दैछ र सो निकायलाई अधिकृत, नायब सुब्बा र खरिदारको सरुवा गर्नसक्ने अधिकार दिइनेछ।

प्रकाशित :२०७८ मंसिर १७, शुक्रबार १५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry