लोकसेवाले रद्ध गर्यो कार्यक्षमताका आधारमा हुने बढुवा

लोकसेवा आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार केही विज्ञापन रद्ध गरेको जनाएको छ ।
आयोगको सूचना तथा प्रकाशन शाखाले आइतबार एक सूचना प्रकाशन गर्दै सहसचिव तहको बढुवा सूचना रद्ध गरेको जनाएको छ । सूचना अनुसार,इञ्जिनियरिङ सेवा सिभिल समूह,हाइड्रोलोजी उपसमूह (राप प्रथम श्रेणी)को कार्यक्षमताको मूल्यांकनका आधारमा हुने बढुवा  रद्ध गरिएको सूचनामा उल्लेख छ ।

Advertisement 1

No description available.
यस अघि आयोगले आन्तरिक प्रतिष्पर्धाबाट लिन लागेको नवौं तहको कन्सल्टेन्ट इण्डोक्राइनोलोजिष्टको परीक्षा स्थगन गरेको थियो । पाठ्यक्रम निर्धारण भएपश्चात मात्र परीक्षा कार्यक्रम तोकिने आयोगले सूचना निकालेको थियो । आयोगद्धारा जारी सूचनामा विज्ञापन नम्बर १७३३६ रहेको विद्यालय निरीक्षक (राप तृतीय श्रेणी) को परीक्षा कार्यक्रम संशोधन गरेको आयोगले विज्ञापन नम्बर १३०१० रहेको महिला प्राविधिक (राजपत्र अनकिंत द्धीतिय श्रेणी) का लागि आगामी पुस १ गते परीक्षा निर्धारण गरेको आयोगले जनाएको छ ।

प्रकाशित :२०७८ मंसिर १२ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]