यी कर्मचारी जस्ले जागिरे जीवनको १८ वर्षसम्म न बिदा लिए, न भत्ता

पत्याउन मुस्किलै पर्दछ कि सरकारी सेवामा कार्यरत कर्मचारीले विगत १८ बर्षदेखि एक दिन पनि अतिरिक्त विदा सुविधा लिएका छैनन् भन्दा ।
तर नेपालमै यस्ता पनि कर्मचारी छन् जस्ले १८ बर्षदेखि सार्वजनिक बिदा बाहेक अरु कुनै पनि अतिरक्त विदा नलिई सेवाग्राहीको काममा दतचित्त भएर खटिरहेको पाइएको छ ।
नियम अनुसार नै सरकारी कर्मचारीहरुले विभिन्न किसिमका विदा सुविधा पाउँछन् जस्तो घर बिदा,बेतलबी बिदा,बिरामी बिदा,भैपरी बिदा वा भ्रमण विदा ।
कर्मचारीले वर्षमा ६ दिन पर्व बिदा, ६ दिन भैपरी आउने बिदा र ३० दिन घर बिदा गरी ४२ दिन बिदा पाउँछन्, तर उनले यी कुनै बिदा लिएका छैनन । न त यसरी बिदा नलिई काम गरे वापत अतिरिक्त तलब नै ।
Advertisement 1
। तर मध्यपुरथिमि नगरपालिकामा कार्यरत एक जना अधिकृतले विगत १८ बर्षदेखि कुनै पनि किसिमको विदा सुविधा लिएका छैनन् । उनी हुन केशव सिलवाल जो सो नगरपालिकाको कानून अधिकृतको रुपमा कार्यरत छन । विगत १८ वर्षदेखि स्थायी रुपमा कार्यरत सिलवालले अहिलेसम्म कुनै पनि प्रकारको बिदा सुविधा लिएका छैनन । यस्का अलवा अतिरिक्त सेवा सुविधा समेत बुझेका छैनन । सिलवालले सो नगरपालिकामा काम गर्न थालेको नै १८ बर्ष व्यतित भइसकेको छ । उनले एक वर्ष करारमा काम गरी ०५९ भदौ ३ गते मध्यपुरथिमि नगरपालिकामा स्थायी भएर कानून अधिकृतमा सेवा प्रवेश गरेका थिए ।
यस्तै कानून अधिकृतबाट २०६७ सालमा वरिष्ठ कानून अधिकृत हुँदै २०७४ मा कानून तथा प्रशासन महाशाखाको निर्देशकको रुपमा सिलवाल कार्यरत छन् ।
सिलवालका अनुसार,अतिरिक्त समयमा काम गरेबापत पाइने ओटीदेखि बिदा नलिएबापत लिने अन्य सुविधा, कुनै पनि भत्ता वा थप तलब सुविधा पनि उनले बुझेका छैनन ।
Advertisement 2
सिलवाल जागिरे समयभन्दा बाहिरको समय दुई वटा कानून विषयको अध्यापन गराउँदै आएका छन् ।