राष्ट्र ब्याङ्कले रु १, २, २५ र २५० दरका नोटहरू किन छपाइ बन्द गर्‍यो?

नेपाल राष्ट्र ब्याङ्कले ११ प्रकारका नोटहरू छपाइ गर्दै आएकोमा हाल चलनचल्तीमा रहेका सात प्रकारका नोटहरू मात्र छपाइ हुने बताएको छ।

Advertisement 1

तर रु १, २, २५ र २५० दरका नोटहरूको माग नभएको र छपाइ मूल्य महँगो परेकोले ती नोटहरू छाप्न बन्द गरिएको नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताएका छन्।

रु २५ र २५० दरको नोट स्मारिका नोटका रूपमा पहिलो पटक विसं २०५३ मा छापिएको थियो भने छपाइ बन्द गरिएका नोटहरू सङ्कलनका लागि देशैभरका शाखाहरूलाई पत्राचार गरिएको राष्ट्र ब्याङ्कले जनाएको छ। बीबीसी

प्रकाशित :२०७८ आश्विन १५, शुक्रबार १०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry