लौ चिन्नुहोस,सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने लोकसेवाको नक्कली हाकिम

आफू लोकसेवा आयोगको हाकिम भएको भन्दै सोझा सिधा युवा युवतीलाई सरकारी जागिर लगाइदिने आश्वासन देखाएर ठगि धन्दा चलाउँदै आएका एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । यसरी ठगी धन्दा चलाउँदै आएका लोकसेवा आयोगका नक्कली हाकिम हुन् अमरबहादुर लामिछाने । उनले सोझा सिधा युवा युवतीलाई आफ्नो नाम कुमार थापा मगर बताउँदै ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ । महोत्तरी पशुपतिनगर ४ घर भई सुनसरी धरान उपमहानगरपालिका ५ मा डेरा लिई बस्ने ५२ वर्षीय लामिछानेविरुद्ध एक पीडितले किटानी जाहेरी दिएका थिए । पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी उनी बहुरुपी ठग भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

Advertisement 1

उनीविरुद्धको जाहेरीमा लोकसेवा आयोगमा जागिर लगाउने प्रलोभन दिएर रकम ठगी गरेको आरोप लगाइएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार लामिछानेले रकम लिएर लोकसेवा आयोगको प्रवेशपत्र वितरण गर्नुका साथै लाखौं रकम लिएर लेनदेनको कागज बनाई रकम असुल्ने गरेका थिए ।

प्रहरीले उनको डेरामा छापा मार्दा सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप,लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ, गोप्य लेखेको छाप,जिबछ लामिछाने,नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ, प्रहरी निरीक्षक, उपसचिव र राष्ट्रिय वाणिज्य बैंक उल्टो उल्लेख भएको रबरको छाप एक एक थान फेला परेको छ भने लोकसेवा आयोग कार्यालय धनकुटाको डिजिटल छाप र शाखा अधिकृत लेखेको छापसहित छाप अनुरुपका लेटरप्याड पनि बरामद गरेको छ ।

Advertisement 2

र, यी सबै छाप र लेटर प्याडको आधारमा लामिछाने बहुरुपी ठगका रुपमा क्रियाशील रहेको अनुमान प्रहरीको छ । पक्राउ परेका लामिछानेविरुद्ध सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा अनुसन्धान शुरु गरिएको छ ।

 

प्रकाशित :२०७८ भाद्र २६, शनिबार ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry