महानिरीक्षक अर्यालको एक्सनः यसरी फेरिदैंछ सशस्त्र प्रहरीबलको मुहार
पिता दामोदर प्रसाद अर्याल र माता शारदाको कोखबाट काठमाडौंको गोलढुंङ्गामा जन्मिएका हुन प्रहरी महानिरीक्षक राजु अर्याल । त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र तथा राजनीतिशास्त्र संकायमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय मानविय कानुन विषयमा पोष्ट ग्रायजुएट डिप्लोमा पार लगाएका अर्याल ०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवामा पाइला राखेका हुन । जतिखेर उनी बीएस्सी तह अध्ययन गर्दै थिए । सेवा प्रवेश गरेको चार बर्ष पछि नेपाल प्रहरीबाट सशस्त्र प्रहरीतर्फ पाइला मोडे । ०५८ जेष्ठ ८ मासशस्त्र प्रहरी बलतर्फ सेवा स्थानान्तरण गरेकाउनी सोही बर्ष सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा उक्लिए । ०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी),०७० मा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदै ०७५ सालमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका उनी बर्ष दिन अघि सशस्त्र प्रहरीको महानिरीक्षकको कुर्सीमा छन् ।
Advertisement 1
सशस्त्र प्रहरीबल, नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग, सशस्त्र प्रहरीबल, नेपाल नम्बर २ र नम्बर ९ बाहिनी मुख्यालय, तालिम केन्द्रहरु, गण तथा गुल्म लगायत १० भन्दा बढीका संख्याका ईकाइहरुको प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका उनले यस अघि सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । अर्यालले १५ भन्दा बढि पेशागत तथा व्यावसायिक तालिम हासिल गर्नुकासाथै अमेरिका, जर्मनी, ईटाली, चीन, श्रीलंकाका अलवा अफ्रिकी मुलुकहरु समेत भ्रमण गरेका छन् । यस्का अलवा सुकीर्तिमय राष्टदीप, सुप्रबल जनसेवाश्री, गोर्खादक्षिणबाहु चौथोका अलवा ८ वटा विभुषण, मानपदवी, पदक तथा अलंकारहरुबाट विभूषित भएका छन् । सशस्त्र प्रहरी बल विधेयक (सन् २००१) र सशस्त्र प्रहरी बल ऐन (सन् २००२) का माध्यमबाट सशस्त्र प्रहरी बल स्थापना भएको हो । सशस्त्र प्रहरीको १२ औं महानिरीक्षकका रुपमा गत बर्ष वैशाख १९ गतेदेखि सो संगठनको कमाण्ड गरिरहेका छन् अर्याल । उनको नेतृत्वसगै भएको सुधार यस प्रकारका छ्न । उनको नेतृत्वमा सशस्त्रले एफपीयू मिशन छनौट निर्देशिका संशोधन गरि सेवा अवधिका आधारमा जेष्ठ सप्रकहरु मिसनमा व्यवस्था गरेको छ । सशस्त्र प्रहरी कर्मचारीहरूको समग्र वृत्ति विकासलाई ध्यानमा राखी कुल १६०४८ जना सशस्त्र प्रहरी कर्मचारीहरूको बढुवा, विशेष बढुवा, पदस्थापन, सरुवा, सरुवा समायोजन तथा नयाँ नियुक्ति गरेको छ। सङ्गठनमा १२ वर्ष र २५ वर्ष सेवा अवधि पुगेका सप्रकहरुलाई राष्ट्रसेवक पदक उपलब्ध गराउन पहल गरेको छ ।
सशस्त्र सादा पोसाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति अख्तियार गरेको छ । प्रहरी महानिरीक्षक अर्यालले भने,’ सादा पोसाकमा जसले विकृति गरेको छ । त्यो विकृति हटाउन खोजेका हौ । सादा पोसाकबाट डिलिङ अब हुँदैन । त्यस्तो प्रवृत्ति हटाएका हौँ ।’ सशस्त्रले कमाण्डको लागि पूर्वानुमान सूचि प्रकाशन गरी कार्यान्वयन गरेको छ । बीएमआईको लागि कार्यविधि निर्माण गरी लागु गर्ने प्रक्रियामा रहेको छ । खेलकुदको माध्यमबाट राष्ट्रको मान प्रतिष्ठा र गौरव बढाउन विशेष योगदान पुर्याएका १६ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई एक तह विशेष बढुवा गरेको छ। पुरस्कार तथा सम्मान कार्यविधि बनाई कार्यान्वयन गरेको छ । सुरक्षा वेश बदली निर्देशिका परिमार्जन गरेको छ र हरेक ६/६ महिनामा वेश बदली गर्ने गरेको छ । फौजी संरचना अनुसारको चेन अफ कमाण्ड बढी मजबुत बनाउन ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्महरूमा सप्रनाउ (डीएसपी) खटाई सकिएको छ । विदेश तालिम नीति तर्जुमा गरि नियमसंगत रूपमा क्राईटेरिया भित्र पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था मिलाइएको छ । भौतिक पूर्वाधारहरूको निर्माण कार्य निर्माण कार्यविधि अनुसार गरेको छ ।
Advertisement 2
मीनसुमा एफपीयू मिसन मालीको लागि तयारी पुरा भई सबै बन्दोवस्तीका सामान सहित १४० जनाको टोली परिचालन हुने अवस्थामा रहेको छ । १८० जना दक्षिण सुडानमा शान्ति स्थापनार्थ परिचालित छन् भने यूएकपोल मा २६ जना रहेका छन् । गृह मन्त्रालय र एनडीआरआरएमए को समन्वयमा सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त मास कसुलाटी भ्येकल तथा सुविधा सम्पन्न एम्बुलेन्स हरेक प्रदेशमा परिचालन गरेको छ । नेपाल एपिएफ अस्पताल र सशस्त्र प्रहरी परिवार महिला सङ्घ मार्फत योजनाबद्ध रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्य भइरहेको छ । सशस्त्र प्रहरी परिवार महिला सङ्घले राहत वितरण कार्य समेत गर्दै आइरहेको छ । सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरूले सशस्त्र प्रहरी महानिरीक्षकलाई प्रत्यक्ष भेटघाटको समय तालिका मिलाइएको छ ।
सशस्त्र प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतामा विशेष जोड दिइएको छ । यसै क्रममा विभिन्न ६५ युनिटहरूमा जवान मेशहरुको स्तरोन्नति गरेको छ । जनशक्तिको अनुपातमा शौचालय तथा स्नान गृहको निर्माण गरेको छ । एक जवान एक बेडिङ अवधारणा लागु गर्ने अवधारणा अनुसार करिब ८५ प्रतिशत कर्मचारीहरूको लागि बेडिङ तयार भइसकेको छ । ७० युनिटहरूमा सिसु स्याहार केन्द्र स्थापना गरेको छ । सशस्त्रले एक जवान एक बेडिङ अवधारणा लागु गर्ने अवधारणा अनुसार करिब ८५ प्रतिशत कर्मचारीहरूको लागि बेडिङ तयार गरेको छ ।
Advertisement 3
नापी विभागबाट स्ट्रिप नक्सा ल्याई तालिम दिने र प्रयोग गर्ने कार्य भएको छ । एपीएफ आइजी र एसइसबी डीजी बिचको समन्वयात्मक वार्षिक बैठक २०७९ सालमा नेपालमा आयोजना गरिएको थियो । अन्य तहमा यो वर्ष नेपाल भारत बीच १५३ वटा र नेपाल चीन बीच ९ वटा बैठक सम्पन्न भएको थियो । प्रोफेसशनल एक्टिभिजिज साइकल – पीएसी सञ्चालनमा ल्याउने कार्य भएको छ । ट्र्याकसुट,स्पोर्ट्स सुज र हिमाली कपडाहरू खरिद गर्ने तयारी गरेको छ । युनिटहरूमा आगन्तुकहरूको स्वागतमा खादा र फुलको खरिदलाई निरुत्साहित गरेको छ । गोताखोर तालिम तथा टोलीको थप परिचालनको लागि आवश्यक तयारी गरेको छ । सीटीइभीटी को समन्वयमा पोष्ट रिक्वरिमेन्ट कोर्सहरू सञ्चालन सुरुवात गरेको छ । सशस्त्र प्रहरी कर्मचारीहरूको नियमित काउन्सिलिङ्गको व्यवस्था मिलाइएको छ ।
अनलाइन लिभ म्यानेजमेन्ट लागु गरेको छ । सरुवा फाराम भर्न लगाई सम्भव भएसम्म रोजेको क्षेत्रमा सरुवा गर्ने व्यवस्था मिलाइएको छ । युनिटहरूको स्थापना दिवस मनाउन शुरु गरेको छ । २०७९ चैत्र महिनामा वरिष्ठ अधिकृत सम्मेलनको आयोजना गरिएको थियो । सशस्त्र प्रहरी बल नेपालका इकाईहरूमा इन्डक्सन चुल्हो प्रयोगको सुरुवात गर्न बिजुलीको क्षमता वृद्धि कार्यको थालनी भएको छ । कल्याणकारी सेवा केन्द्रबाट फ्रेन्च भाषाको पढाइलाई निरन्तरता दिने तयारी रहेको छ । स.प्र.बल परिवार महिला सङ्घ र पिएबसन तथा विभिन्न अस्पतालहरू बिचको सम्झौता भई कार्यान्वयन समेत भइरहेको छ । प्रधान कार्यालयको मूल गेटमा डिजिटल डिस्प्ले बोर्ड राखिएको छ । एपिएफ समर्पण मासिक पत्रिका प्रकाशनको सुरुवात गरेको छ । नेपाल विद्युत् प्राधिकरणको समन्वयमा चार्जिङ्ग स्टेसनहरू निर्माण कार्य शुरु भइसकेको छ । विभिन्न १७ स्थानमा स्टेशन शुरु गर्ने सम्झौता रहेकोमा पोखरामा तयार भइसकेको छ ।
आ.ब.०७९/८० को वैशाख १६ गते सम्ममा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटहरूले अवैध रूपमा चोरी निकासी तथा पैठारी गरिरहेको अवस्थामा ९६ करोड ९५लाख ७ हजार ७९३ बराबरको माल बस्तु सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ । आ.ब.०७८/७९ को यो समयमा ७९ करोड ८५ लाख ९९ हजार ६३ रहेको थियो । २०७९/८० मा फोर्समार्च वा एलआरपी परिचालन १९ हजार ७१७ वटा भएका थियो । १९ वटा विभिन्न प्रकारका पेस्तोल, १६ वटा भरुवा तथा एअर बन्दुक लगायत थुप्रै विष्फोटक पदार्थहरू बरामद गरि सम्बन्धित निकायमा बुझाइएको छ । ४ हजार २८३ केजी गाँजा, ३५ केजी चरेश, ५७ हजार ८५० ब्राउन सुगर तथा ४० हजार ४९५ ट्याब्लेट र २७१ बोतल बरामद लागु पदार्थहरू बरामद गरि सम्बन्धित निकायलाई बुझाइएको थियो ।
सीमा क्षेत्रका १९ स्थानमा १६६ वटा घर टहरा हटाइएको तथा १९ वटा अन्य भौतिक संरचना निर्माणमा रोक लगाइएको तथा १० स्थानमा ५९.८५ कि.मि. खेतीपाती हटाइएको थियो । त्यसैगरि करिब २४ किमी दशगजा क्षेत्रमा सरसफाइ गरेको छ । आ.व.०६२/०६३ देखि आ.व.०७९/०८० सम्म २८८३८ वटा घटनाहरूमा ३लाख ३० हजार ३७४ सङ्ख्यामा जनशक्ति परिचालित भएको छ । यसै वर्ष देशभर १५८८ वटा विपद्का घटनाहरूमा २४८८ जना घाइते उद्धार र ९२८ जना मृत्यु उद्धार गरिएको थियो जसमा १७४८९ जना सप्रकहरु परिचालन गरिएको थियो । साथै विभिन्न स्थानहरूबाट माग भए बमोजिम ७७ वटा घटनाहरूमा २९९ गोताखोर परिचालन भएको थियो ।
सशस्त्र प्रहरी बल, नेपालको बाहिनीहरूमा आवश्यक सम्पूर्ण तयारीका साथ फिल्ड अस्पतालको सञ्चालन क्रमिक रूपमा भइरहेको छ ।सशस्त्र प्रहरी बल, नेपालको बाहिनीहरूमा आवश्यक सम्पूर्ण तयारीका साथ फिल्ड अस्पतालको सञ्चालन क्रमिक रूपमा भइरहेको छ । सीमा सुरक्षा विभागको स्थापना गरि व्यवस्थित कार्य आरम्भ गरेको छ । प्रति आतङ्कवाद इकाई गठन गरि कार्य आरम्भ गरेको छ । अस्पताल र निवृत्तिभरण शाखामा समन्वय एवं सहायता कक्ष स्थापना गरेको छ । टेलि मेडिसिन सेवा शुरु गरेको छ । बोर्डर रिसोर्स एण्ड रिसर्च सेन्टर को स्थापना गरेको छ ।
झापा, बारा, दाङ, बर्दिया, दार्चुला लगायतका जिल्लाहरूमा २१ वटा बीओपीको स्थापना गरेको छ । क्रमशः अन्य जिल्लाहरूमा पनि थप गर्दै जाने योजना रहेको छ । महानिरीक्षक अर्यालले २१ बटा बीओपी थपिएको जानकारी दिए । २२८ मा २१ थप गरि बीओपीको सङ्ख्या २४९ पुगेको छ । उनले सशस्त्रको मुख्य प्राथमिकता सीमा सुरक्षा भएको बताए । उनले भने,’ हाम्रो मुख्य प्राथमिकता सीमा सुरक्षा हो । अहिले जनशक्ति थपिएन भनेर बीओपी नथपी बस्ने कुरा भएन । हामीले प्राथमिकताका आधारमा मुख्य कार्यादेश भएको बोर्डरमा बीओपी राख्दै जान्छौँ । हामीले सुविधा पाउँदा मात्र होइन टेन्ट टाँगेर समेत बस्नुपर्ने हुन्छ ।’
प्रधान कार्यालयमा अनुगमन तथा गुनासो व्यवस्थापन इकाई स्थापना गरेको छ । विभिन्न माध्यमबाट प्राप्त ५२० गुनासोहरू मध्ये ५१८ फछौंट भइसकेको छ भने २ वटा छानबिनको क्रममा रहेको छ । अस्पताल, सीमा विभाग र अनुगमन तथा गुनासो व्यवस्थापन इकाईमा हट लाइन सेवाहरू थप गरी कार्यान्वयनमा ल्याइएको छ । नेपाल एपिएफ अस्पतालमा ९० बेड क्षमताको एसएआरआइ स्थापना गरेको छ । यसै वर्ष विभिन्न ईकाइहरुवाट १९६९५ जना सप्रकहरुले तालिम प्राप्त गरिसकेका छन् भने १८७८ जना तालिमरत छन् । ४८ जना सप्रकहरुले विदेश तालिम तथा सेमिनारहरुमा सहभागिता जनाई सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । हालसम्म विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू २२३० जना रहेका छन् भने अन्य निकाय तथा संघसंस्थाहरुलाई प्रदान गरिएको विपद् व्यवस्थापन तालिम १३५१ जना रहेको छ ।
महानिरीक्षक थापाले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई रु. १० हजार भत्ता सहितको पारिवारिक भ्रमणको व्यवस्था मिलाउने तयारी थालेका छन् । सीमा सुरक्षा र विपद् व्यवस्थापन विषय समेटेर पीजीडी कक्षा सुरुवात गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । “सीमा स्तम्भको मर्मत सम्भार र पुनर्स्थापना सम्बन्धी कार्यविधि, २०७९” तयार भइरहेको छ । सीमा सुरक्षा सहजीकरण समितिको कार्यविधि, २०७९ तयार भइरहेको छ । अस्पतालको स्तरोन्नति गरी बेड क्षमतामा वृद्धि गर्ने काम हुँदै छ । अस्पतालका आर्थिक कारोबारहरूलाई सफ्टवेयर मार्फत निगरानी गर्ने कार्यको लागि आवश्यक तयारी भएको छ । नेपाल ए.पि.एफ. अस्पताल मार्फत सम्पूर्ण तयारी गरी प्रसूति सेवा तथा डायलिसिस सेवा सुरुवात गर्ने तयारी भइरहेको छ ।
अस्पतालमा एचए, नर्सिङ र ल्याब टेक्नेसियनका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी पुरा भइसकेको छ । बोर्डर एरिया डेभ्लोमेन्ट प्रोग्राम लागु गर्ने अवधारणा तयार गरेको छ । कैलाली र सप्तरीमा विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना गर्ने तथा मनाङमा हाई एल्टिट्युट तालिमको सञ्चालन गर्ने तयारी भइरहेको छ । कर्मचारीहरूको वृत्ति विकास योजना तयार भइरहेको छ । रेल्वे सुरक्षा गुल्म स्थापना गर्ने तयारी गरेको छ । विपद् व्यवस्थापनको लागि आइएएसएएआरएजीबाट मान्यता प्राप्त मिडियम लेभल सर्च एण्ड रेसक्यू टिम तयार गर्ने तयारी गरेको छ ।
अन्य दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूका लागि आवास कर्जाको सुरुवात गर्ने तयारी भएको छ । जुनियर अधिकृतहरूलाई चार पाङ्ग्रे सवारी कर्जा उपलब्ध गराउने तयारी भएको छ । सबै प्रदेशमा डिजास्टर मेनेजमेन्ट गुल्महरूको स्थापना गर्ने र समुदायमा डिजास्टर कम्युनिटी भोलेन्टियर उत्पादन गर्ने योजना रहेको छ । एपिएफ स्कुललाई सबै प्रदेशमा विस्तार गर्ने तयारी भइरहेको छ । डिजिटल बोर्डर कन्सेप्ट को कार्यान्वयन गर्ने तयारी भइरहेको छ ।
भारत र नेपालको बोर्डर अकुपेशन (बीडब्ल्यूजी) एउटा कमिटी छ । बीडब्ल्यूजीको बैठक बसेर त्यस्ता समस्याका हल हुने गर्छ । २०१४ मा स्थापना भएको बीडब्ल्यूजीको बैठक कोभिड काल २०१८ पछि बस्न सकेको छैन । तराईका जीलालहरूमा क्रस बोर्डर अकुपेशन छ । नेपालीको जग्गा भारत तर्फ र भारतीय नागरिकको जग्गा नेपाल तर्फ पनि परेको छ । त्यसलाई अहिले यथा स्थितिमा राख्ने भनिएको छ । महानिरीक्षक अर्यालले राजनीतिक हस्तक्षेप बिनै सशस्त्र प्रहरी बलमा सरुवा बढुवा हुने गरेको सुनाए ।
भावि योजनाहरुमा सीमा सुरक्षा र विपद व्यवस्थापन विषय समेटेर पीजीडी कक्षा शुरुवात गर्ने तयारी अन्तिम चरणमा पुगेको, सीमा स्तम्भको मर्मत संभार र पुनर्स्थापना सम्बन्धी कार्यविधि, २०७९ तयार भईरहेको, सीमा सुरक्षा सहजीकरण समितिको कार्यविधि, २०७९ तयार भईरहेको, अस्पतालको स्तरोन्नति गरी बेड क्षमतामा वृद्धि गर्ने काम हुदै, अस्पतालका आर्थिक कारोबारहरुलाई सफ्टवेयर मार्फत निग्रानी गर्ने कार्यको लागि आवश्यक तयारी भएको, उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई रु. १० हजार भत्ता सहितको पारिवारिक भ्रमणको व्यवस्था मिलाउने तयारी गरि यसको कार्यान्वयनको चरणमा, नेपाल ए.पि.एफ. अस्पताल मार्फत सम्पूर्ण तयारी गरी प्रसुति सेवा तथा डायल्यासिस सेवा सुरुवात गर्ने तयारी भईरहेको, कर्मचारीहरुको वृत्ति विकास योजना तयार भईरहेको, रेल्वे सुरक्षा गुल्म स्थापना गर्ने तयारी गरिएको, अन्य दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुका लागि आवास कर्जाको सुरुवात गर्ने तयारी भएको, जुनियर अधिकृतहरुलाई चारपाङ्ग्रे सवारी कर्जा उपलब्ध गराउने तयारी भएको, एपिएफ स्कुललाई सबै प्रदेशमा विस्तार गर्ने तयारी भईरहेको महानिरीक्षक अर्यालले बताए ।