स्वास्थ्य मन्त्रालयले माग्यो एक सय ९१ जना कर्मचारी


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । मन्त्रालयले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले १ सय ९१ जना कर्मचारी माग गरेको हो । मन्त्रालयले सिआइसिटी सहजकर्ता, अस्पताल विमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्तालगायत पदमा दरखास्त आह्वान गरेको हो। बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो। दरखास्त दिने समय एक साताको छ । १८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्।विभागले विपिए,एचए र स्टाफ नर्स गरी १९१ कर्मचारी माग गरेको हो ।
दरखास्त फारम http://dohs.gov.np/ मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित :२०७७ कार्तिक २०, बिहीबार ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry