यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । जसमध्ये रोकिएको जनगणना २०७८ सुचारु गर्नेदेखि विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय भएको छ । यस्तै बिदेशी दातृ निकायले दिएको साहयता र अतिरिक्त ऋृण स्वीकार गर्नेसम्मको निर्णय आज बसेको क्याविनेट बैठकले गरेको छ ।
आज बसेको क्याविनेट बैठकले राष्ट्रिय जनगणनाको २०७८ को मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गर्ने गरी संशोधित कार्यतालिका स्वीकृत गरेको छ । यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएको थियो ।
बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए । यस्तै अन्तराष्ट्रिय विकास संस्थामार्फत नै स्वास्थ्य क्षेत्र सुधारका लागि रु ४५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै बैठकले यस आर्थिक बर्षका लागि विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि भएको छ ।

Advertisement 1

यस्तै बैठकले दार्चुलाको छाङ्गरुमा सुरक्षाकर्मी बस्ने ब्यारेक भवन निर्माण गर्ने निर्णय पनि गरेको छ भने स्वर्गीय विपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार गर्ने निर्णय पनि भएको छ । यस्तै आजको मन्त्रिपरिषद्को बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ । भोली अर्थात २२ भदौंमा मनाइने निजामती कर्मचारी दिवसका दिन सरकारले १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती प्रदान गर्दैछ ।

प्रकाशित :२०७८ भाद्र २१, सोमबार २०:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry