ओली सरकारका संवैधानिक नियुक्तिहरु कायमै रहने,सुनुवाइ रोक्न आदेश

संवैधानिक नियुक्तिसम्बन्धी रिटमा भोलिका लागि तोकिएको सुनुवाई स्थगित गर्न अन्तरिम आदेश भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागितासम्बन्धमा परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले भोलिको इजलास स्थगित गर्न आदेश दिएको हो ।
Advertisement 1
आदेशमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने सवाल महत्वपूर्ण भएकाले तत्काल सुनुवाइ स्थगित गर्न भनिएको छ ।
यसअघि प्रधानन्यायाधीशसमेत संलग्न संवैधानिक परिषदको बैठकले गरेका नियुक्तिहरू असंवैधानिक भएको भन्दै सर्वोच्चमा मुद्धा परेको थियो। उक्त मुद्धाको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको सहभागितालाई लिएर कानून व्यवसायीहरुले चर्को प्रश्न उठाएका थिए ।राणासमेत विपक्षी रहेको उक्त मुद्धाको सुनुवाई प्रधानन्यायाधीश संलग्न इजलासले हेर्न नमिल्ने कानून व्यवसायीहरुको जिकिरपछि इजलास तोकिने र फैसला हुने दिन राणा बिदा बस्न तयार हुनुभएको थियो ।
Advertisement 2
तर,संविधानले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको विकल्प कल्पना नगरेको भन्दै अधिवक्ता डा.गणेश रेग्मीले रिट दायर गरेका थिए । उक्त रिटमाथिको सुनुवाइपछि न्यायाधीश फुयालको इजलासले यस्तो आदेश दिएको हो।