पूर्व सचिव श्रीकान्त रेग्मीको निधन

पूर्व प्रशासक श्रीकान्त रेग्मीको निधन भएको छ । ७१ बर्षको उमेरमा पूर्व सचिव रेग्मीको निधन भएको हो ।
शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका रेग्मीले लामो समय गृह प्रशासनमा बिताएर र उनी गृहसचिव,स्वास्थ्य र मन्त्रिपरिषद्को सचिवसम्म भएर काम गरे । गृह मन्त्रालय, प्रमुख जिल्ला अधिकारी हुँदै गृह सचिव,स्वास्थ्य र मन्त्रिपरिषद्‌ सचिव पनि भएर काम गरेका थिए । २०५९ सालमा वरिष्ठताका आधारमा मुख्यसचिव नभएपछि राजीनामा दिएका थिए । उनी उनी ०३४ सालदेखि २०५९ सालसम्‍म सरकारी सेवामा रेग्‍मी संग्‍लन थिए । रैगमी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

Advertisement 1

नेपाल सरकारका सचिव सुरेश आचार्यले श्रीकान्त रेग्मी एक स्पस्टवक्ता, निर्भिक, विवेकी र खरो प्रशासकका रुपमा उनको स्मरण गरेका छन् ।

प्रकाशित :२०७८ भाद्र १७, बिहीबार १३:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry