कर्मचारीले ३ प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्ः देवेन्द्र दाहाल
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धताहरू पनि माग गरेका हुन् ।
Advertisement 1
भ्रष्टाचार न्यूनीकरण गर्न उनले सरकारका प्रतिबद्धता पनि माग गरे । कर्मचारीले ‘साइनिङ मनी’का रूपमा ३ प्रतिशतसम्म लिने गरेको भन्दै उनले त्यस्ता काम रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ ? भनी प्रश्न गरे । उनी थप्छन्, ‘ठेकेदारले मोबिलाइजेनशको रकम लिने । त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिंग हुन्छ । अगाडि बढ्दैन । वर्षौंदेखि यो क्रम बढिरहेको छ ।’ यसरी विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिंदै गइरहको उल्लेख गर्दै उनले सरकारलाई भ्रष्टाचार न्युनीकरणमा प्रष्ट हुन आग्रह गरे ।
उनले भने, ‘यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।’ राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे ।
Advertisement 2