कोभिड १९ ले पारेको असर

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले अहिले सम्ममा पूरै संसारलाई ढाकिसकेको छ । यो लेख तयार हुँदासम्म विश्वमा करिब २२ करोड मानिसहरुलाई यो रोगले आक्रमण गरिसकेको छ । अमेरिका यसबाट सबैभन्दा बढी पीडित बनेको छ । मानव मृत्युको हिसाबले विश्वमा कोरोनाले हालसम्म करिब ४५ लाख मानिसहरुको मृत्यु भएको छ भने अमेरिकामा मात्र ६ लाख ४८ हजार मानिसको ज्यान गएको छ । त्यसपछि ब्राजिल, जहाँ ५ लाख ७६ हजारको मृत्यु भएको छ । तेस्रो स्थानमा पर्छ भारत, जहाँ ४ लाख ३६ हजारको ज्यान गएको छ ।
संसारका २२२ देशहरुमा कोरोनाका केसहरु देखिएको विश्व तत्थाड्ढले देखाएको छ ।
अहिले पनि विश्वका विभिन्न स्थानहरुमा यो रोग फैलिरहेको छ । चीनबाहेक अरु विकसित देशहरुले पनि यसको नियन्त्रण गर्न सकिरहेका छैनन् । अमेरिका, युरोप जस्ता विज्ञान र प्रविधिमा अग्रस्थानमा रहेका देशहरुलाई पनि यो रोग नियन्त्रणको लागि हम्मेहम्मे परेको छ । फेरि कोरोनाले आफ्नो रुप परिवर्तन गरेर आइरहेको छ, जसले गर्दा झन् चुनौती थपिँदै गएको छ ।
हालसम्म यसका विभिन्न ८ वटा भ्यारिएन्टहरु देखिएका छन् । ती हुन् ः अल्फा, वेटा, गामा, डेल्टा, एटा, लोटा, काप्पा, र लाम्वडा । अल्फा बेलायतमा पहिलोपटक देखिएर ५० मुलुकमा फैलिएको छ, वेटा भ्यारिएन्ट दक्षिण अफ्रिकामा पहिलोपटक देखिएर २० मुलुकमा फैलिइसकेको छ । गामा भ्यारिएन्ट ब्राजिलमा पहिलोपटक देखिएर १० मुलुकमा फैलिएको छ । डेल्टा भ्यारिएन्ट युरोप र अमेरिकामा पहिलो पटक देखिएर एसियाका मुलुकहरु जस्तै बंगलादेश, म्यानमार, थाइल्याण्ड, भियतनाम, दक्षिण कोरिया, पाकिस्तान आदि देशहरुमा फैलिँदै गएको छ ।
एटा भ्यारिएन्ट पनि बेलायत र नाइजेरिया लगायत ७२ देशमा फैलिएको छ । लोटा भ्यारिएन्ट न्यूयोर्कमा पहिलो पटक जानकारीमा आएतापनि अहिलेसम्म ५३ देशहरुमा फैलिइसकेको रिपोर्ट आएको छ । काप्पा भ्यारिएन्ट पनि अहिलेसम्म ५५ देशहरुमा फैलिएको रिपोर्ट आइसकेको छ । लाम्व्डा पेरुमा पहिलोपटक देखिएतापनि अहिलेसम्म ४१ देशहरुमा फैलिइसकेको जानकारी आएको छ । भाइरसको साथै कालो ढुसीको प्रकोप पनि क्रमशः त्यसैगरी फैलिँदै गएको अवस्था छ ।
यतिखेर कोरोनाले नयाँ–नयाँ रुप धारण गर्दै मानवजातिको अस्तित्वलाई नै चुनौती दिइरहेको छ । यसले मानिसहरुको स्वास्थ्यलाई त असर ग¥यो ग¥यो । आर्थिक सामाजिक, साँस्कृतिक, राजनीतिक र विकास निर्माणको क्षेत्रमा पनि नराम्रो प्रभाव पारेको छ । यो रोगको सुरुवातदेखि नै खोपको विकास गर्न मानिसहरु जुटे र पछिल्लो समयमा विभिन्न देशका वैज्ञानिकहरुले विभिन्न खालका खोपको विकास पनि गरिसकेका छन् । औषधि कम्पनीहरुले खोप उत्पादन पनि गरेका छन् तर सबै देशका जनताका बीच पुग्न सकेको अवस्था भने छैन ।
नेपालमा पनि यसको असर तीव्र गतिमा देखा परेको छ । यो रोगले करिब १० हजार पाँचसय जनाभन्दा बढीको त ज्यान लिइसकेको छ । आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक र विकास निर्माणको क्षेत्रमा पनि नराम्रो प्रभाव पारेको छ ।
यसले गर्दा बालबालिकाहरुको पढाइ चौपट बनेको छ । कक्षामा पढाइ हुन सकेको छैन । पढाइ नगरी परीक्षा लिने अवस्था आएको छ । यसले शिक्षाको स्तरमा कस्तो असर पार्ने हो चिन्ताको विषय भएको छ । होटल व्यवसाय र पर्यटन नराम्ररी थला परेको छ । यो क्षेत्रमा मानिसहरुले गरेको लगाानी डुबेको छ । जनता कर तिर्न, बैंकको ब्याज तिर्न सक्ने अवस्थामा छैनन् । तर स्थानीय सरकारहरु भने यो हालतमा पनि कर उठाउन लागि परेका छन् । सबैजसो व्यवसायिक संस्थाहरु तहसनहसको अवस्थामा पुगेका छन् । यतायात पनि त्यस्तै समस्यामा परिरहेको छ । सबै क्षेत्रमा मानिसहरुको रोजगारीको अवसर गुमेका छन् ।
आर्थिक रुपले मानिसहरु टाट पल्टेका छन् । ऋण लिने व्यवसायीहरु ऋणमा नै चुर्लुम्म डुबेका छन् । जीवन गुजारा चलाउनसक्ने अवस्थामा मानिसहरु छैनन् भने ऋण तिर्ने र कर तिर्नसक्ने अवस्था धेरैजसो व्यवसायीहरुको देखिन्न । नेपालीलाई रोजगारी दिने उद्योगहरु बेचिइसकेका छन् । केही रहेकाहरुको पनि यो कोरोनाका कारण अरु बेहाल भएको छ । गाउँका किसानले त जसोजसो पेट पाल्लान् तर सहरिया गरिब मजदूरहरुको त बेहाल भएको छ, हातमुख जोर्नै धौ भएको छ ।
महँगीले हद नाघेको छ । आम्दानीको स्रोत घटेको छ । किनेर खान लाउन नसक्ने अवस्थामा मानिसहरु पुगेका छन् । स्थायी सरकार ढलेर पुनः अस्वस्थ गठबन्धनको सरकार बनेको छ । यसको पनि कुनै निश्चितता देखिँदैन । जताततै अन्योलता छ ।
माहामारी व्यापक रुपमा फैलिरहेको छ तर जिम्मेवार दलका नेताहरु सत्ताका लागि होडबाजी गर्दैछन् । इमानदारीकासाथ जनताको समस्या समाधानतिर लाग्नुको सट्टा सत्ताको लागि लुछाचुँडी चलिरहेको छ । यो अवस्थामा रोगले अरु विकराल रुप लिने पो हो कि भन्ने चिन्ता बढेको छ । सबैको लागि खोप चैत सम्ममा भनेता पनि यो हुने सम्भावना कम देखिन्छ । पहिलो र दोस्रो लहरबाट नै देशहरु उठ्न नसक्ने गरी थला परेका छन् । तेस्रो, चौथो लहरले के–के गर्ने हो भन्नै नसकिने अवस्था छ ।

प्रकाशित :२०७८ भाद्र १६, बुधबार ०५:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry